१६ बैशाख २०८१, आइतबार | April 28, 2024

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच ग्लास्गोमा भेटवार्ता



ग्लास्गो । प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीबीच द्विपक्षीय भेटवार्ता भएको ।

संयुक्त अधिराज्यको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन ९कोप–२६० अन्तर्गत दुईदिने विश्व नेताहरुको शिखर सम्मेलनमा सहभागी हुन आएका दुई नेताबीच मङ्गलबार भेटवार्ता भएको हो ।

स्थानीय समयानुसार बिहान भएको मैत्रीपूर्ण भेटवार्तामा दुवैजनाबीच दुई देशबीचको सम्बन्धलाई अझ कसरी प्रगाढ र सुदृढ बनाउने भन्ने सन्दर्भमा कुराकानी भएको परराष्ट्र सचिव भरतराज पौड्यालले जानकारी दिए।

भेटमा प्रधानमन्त्री देउवाले नेपाललाई रासायनिक मलको आपूर्तिमा भारतले गरेको सहयोगको निरन्तताका लागि आग्रह गरेका थिए । त्यसपछि भारतीय प्रधानमन्त्री मोदीले आफ्नो देशको आवश्यकता ठानेर नेपाललाई सहयोग गर्ने बताएका थिए ।

यसैगरी प्रधानमन्त्री देउवाले दक्षिणी पश्चिमी सिमाना नेपालगञ्ज र महेन्द्रनगरबाट विमान प्रवेशबिन्दुको लागि स्वीकृति दिन भारतलाई आग्रह गरेका थिए । त्यसमा भारतीय प्रधानमन्त्री मोदीले नेपालको आवश्यकतालाई आफूले सकारात्मक रुपमा लिएको बताएको सचिव पौड्यालले जानकारी दिए ।

प्रधानमन्त्री देउवाले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण, भूकम्पपछिको पुनःनिर्माण, भौतिक पूर्वाधारलगायतका क्षेत्रमा भारतले गरेको सहयोगलाई निरन्तरता दिन पनि आग्रह गर्नुभएको थियो ।

सम्मेलनमा सहभागी हुने सिलसिलामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा शुक्रबार राति संयुक्त अधिराज्य गएका थिए । यही कात्तिक १४ देखि संयुक्त अधिराज्यको ग्लास्गोमा सुरु भएको कोप–२६ यही कात्तिक २६ गतेसम्म चल्नेछ । प्रधानमन्त्री देउवा पाचौँ पटक प्रधानमन्त्री भएपछिको यो उनको पहिलो विदेश भ्रमण हो ।

नेपाली प्रतिनिधिमण्डलमा वन तथा वातावारणमन्त्री रामसहायप्रसाद यादव, विभिन्न मन्त्रालयका सचिव, उच्च सरकारी अधिकारी र सञ्चारकर्मीलगायत छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ६ : १९ बजे

अन्तर्राष्ट्रिय लगानीकर्ताहरुको अनुभव : ‘नेपालमा लगानीमैत्री वातावरण रहेको छ’

काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यवसायीले नेपालमा लगानीमैत्री वातावरण भएको

बझाङमा कांग्रेसलाई माओवादीले उछिन्यो, एमालेको अग्रता कायमै

काठमाडौं । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको

२ करोडको लगानीमा बुटवलको मिलनचोकमा खुल्यो महालक्ष्मी स्वीट्स

बुटवल । बुटवलको मिलनचोकमा गुणस्तरीय, शुद्ध मिठाई र शुद्ध शाकाहारी

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत र बङ्गलादेशका

प्रधानमन्त्रीको दाबी – ९८ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगिसक्यो

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ९८ प्रतिशत जनसंख्या विद्युतको पहुँच