२९ माघ २०८२, बिहिबार | February 12, 2026

डडेल्धुरामा एमाले अधिवेशन : एकलौटी गतिविधि गरे पार्टी फुट्ने चेतावनी 



डडेल्धुरा । एमाले डडेल्धुराले पाँचवटा स्थानीय  तहमा नेतृत्व चयन गरेको छ। गाउँ तथा नगर अधिवेशनबाट डडेल्धुराका सात स्थानीय तहमध्ये पाँचमा नेतृत्व चयन भएको हो।

सम्पन्न गाउँ तथा नगर अधिवेशनबाट अमरगढी नगरपालिका गणेश कठायत, परशुराम नगरपालिका ओम प्रकाश जोशी, आलिताल गाउँपालिका अमर पुन, भागेश्वर गाउँपालिका दिपक महता र अजयमेरु गाउँपालिका राजबहादुर पाल अध्यक्षमा चयन भएका छन्।

सात स्थानीय तहमध्ये अधिवेशन सम्पन्न भएका पालिकाहरूमा सर्वसम्मत नेतृत्व चयन भएको एमाले जिल्ला कमिटी अध्यक्ष प्रकाशबहादुर साउदले बताए। उनका अनुसार बाँकी रहेका नवदुर्गा गाउँपालिका र गन्यापधुरा गाउँपालिकामा तिहारपछि अधिवेशन गरिने भएको छ।

अधिवेशनमा एमाले नेता डा. तारा जोशी समूह निर्वाचनमा सहभागी भएको छैन। जोशी तत्कालीन एमालेका अध्यक्षसमेत हुन्। साविकको एमाले अध्यक्ष जोशी रहेको उल्लेख गर्दै एमाले नेता धनबहादुर साउदले १० बुँदे सहमति कार्यान्वयन नभएसम्म कुनै पनि कार्यक्रममा सहभागी नहुने बताए।

उनले भने, ‘म एमाले डडेल्धुराको सचिव हुँ, मलाई कुनै जानकारी नगरी एकलौटी रूपमा गरिएका पार्टी गतिविधिको सन्देश नकारात्मक हुनेछ।’

केन्द्रीय कमिटीले गरेको १० बुँदे सहमति कार्यान्वयन नभए पार्टी दुई भागमा विभाजन हुने एमालेका नेता तथा नवदुर्गा गाउँपालिका अध्यक्ष कविन्द्र बिष्टले बताए।

पार्टी एकता र १० बुँदे कार्यान्वयमा नेता तथा कार्यकर्ता एकमत हुनुपर्ने अध्यक्ष बिष्टको भनाइ छ। जिल्लाका ५२ वटा वडा मध्ये ४८ वडामा अधिवेशन सम्पन्न भएको छ । चारवटा वडामा अधिवेशन हुन सकेको छैन।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहिबार  १२ : २६ बजे

भदौ २४ गते राष्ट्रपतिलाई समेत ढालेर कठपुतली सरकार बनाउने षड्यन्त्र भएको थियो : प्रचण्ड

बागलुङ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान निर्वाचनलाई

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेख । यहाँको भैरवी गाउँपालिका–१ जलजलेमा ८० अर्ब ७० करोड

टी-२० विश्वकप : इटालीले टस जितेर फिल्डिङ रोज्यो, नेपाल पहिले ब्याटिङ गर्दै

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटअन्तर्गत बिहीबार नेपाल र इटालीबीच

१३ औं संस्करणको ‘दीप गायन तारा’ शुक्रबारदेखि सुरु हुँदै

बुटवल । रूपन्देहीका विद्यार्थीमा लुकेर रहेका गायन प्रतिभालाई पहिचान र

राष्ट्रपति पौडेलले गरे राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गरेका