२९ मंसिर २०८२, सोमबार | December 15, 2025

बागलुङमा तिहार खर्च बोकेर जेष्ठ नागरिकको घरघरमा जनप्रतिनिधि



बागलुङ । बागलुङको गलकोट नगरपालिकाले नगर क्षेत्रका ज्येष्ठ नागरिकलाई चाडपर्व खर्च वितरण गरेको छ । ज्येष्ठ नागरिकप्रतिको सम्मान र सामाजिक उत्तरदायित्व अन्तर्गत ८५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई जनही तीन हजार रुपैयाँको दरले तिहार पर्वलाई लक्षित गरेर चाडपर्व भत्ता वितरण गरेको हो ।

चाडपर्व खर्च वितरणको लागि प्रत्येक वडामा रकम निकासा भएको महिला बालबालिका ज्येष्ठ नागरिक शाखा प्रमुख सुनिता अधिकारीले जानकारी दिइन् ।

नगर भित्रका ८५ बर्षमाथिका २०२ नागरिक छन् । नगरसभाले चाडपर्व भत्ताको लागि आठ लाख रुपैयाँ विनियोजन गरेको थियो । ८५ वर्षमाथिका १५ जना ज्येष्ठ नागरिकलाई घरमै पुगेर भत्ता वितरण गरेको गल्कोट नगरपालिका–११ का वडा अध्यक्ष डम्मर श्रीसले जानकारी दिए ।

गलकोट नगरपालिका–१ मा सबैभन्दा बढी ४६ जना र वडा–४ र ७ मा सबैभन्दा कम ११÷११ जना छन् । शाखा प्रमुख अधिकारीका अनुसार वडा–२ मा १८, वडा–३ मा २३, वडा–६ मा २७, वडा–८ मा २२, वडा–९ मा १७, वडा–१० मा ३१ र वडा–११ मा २३ जना ज्येष्ठ नागरिक छन् ।

नगरपालिकाले विगत तीन वर्षदेखि ज्येष्ठ नागरिकलाई सम्मान तथा स्थानीय सरकारको अनुभूति हुने गरी चाडपर्व खर्च र सम्मानको कार्यक्रमलाई निरन्तरता दिएको मेयर भरत शर्मा गैरेले बताए ।

सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता पाउने ज्येष्ठ नागरिकले पनि उक्त सुविधा पाउँछन् । स्थानीय सरकारले घरघरमा चाडपर्व भत्ता वितरण गरेपछि ज्येष्ठ नागरिक हर्षित भएका छन् ।

‘आफ्नो गोजीमा दुई चार पैसा हुँदा बलियो अनुभव हुन्छ’, रिघाका ९७ वर्षीय पतिराम पुनले भने, ‘घरमै भत्ता पाउँदा सरकारले बुढाबुढीको सुरक्षा गर्छ कि भन्ने आशा पलाएको छ ।’

नगरका ११ वटै वडाले घरमै पुगेर भत्ता वितरण सुरु गरेका छन् । दसैँअघि प्राविधिक कारण रकम निकासा नहुँदा रकम वितरणको काम स्थिगित भएको थियो ।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहिबार  २ : २९ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार