३ पुस २०८२, बिहिबार | December 18, 2025

काँग्रेस, माओवादी र एमालेले मौनता साँधेपछि प्रधानन्यायाधीश प्रकरणमा एकिकृत समाजवादीले गठबन्धनमा छलफल चलाउने



काठमाडौं । सत्तारुढ गठबन्धनका प्रमुख दल नेपाली काँग्रेस र माओवादी केन्द्रले प्रधानन्यायाधीश प्रकरणमा मौनता साँधेपछि गठबन्धनकै अर्कौ दल नेकपा एकीकृत समाजवादीले न्यायालयमा देखिएको समस्या समाधान गर्न गठबन्धनमा छलफल गर्ने निर्णय गरेको छ ।

पार्टीको केन्द्रीय सचिवालयको चौथो बैठकले न्यायपालिकामा देखापरेको समस्याप्रति गम्भीर रूपमा ध्यान दिई उपयुक्त निकास निकाल्न पाँच दलीय
गठबन्धनमा छलफल गर्ने’ निर्णय गरेको हो । गठबन्धनमा समाजवादीसँगै नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा छन् ।

काँग्रेस र माओवादीकै शैलीमा प्रमुख विपक्षी नेकपा एमालेले पनि प्रधानन्यायाधीश प्रकरणमा आफ्नो स्पष्ट धारणा ल्याउन सकेको छैन ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका गतिविधिविरुद्ध सर्वोच्च अदालतकै न्यायाधीश छन् । त्यस्तै, नेपाल बार एसोसिएसन पनि जबराको राजीनामा माग्दै चरणवद्ध आन्दोलनमा छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहिबार  ६ : १२ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका