१७ बैशाख २०८१, सोमबार | April 29, 2024

प्रधानन्यायाधीसले आफैँलाई इजलास तोकेपछि न्यायाधीसहरु असन्तुष्ट, इजलासमा नजाने



काठमाडौं । प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराले आफैँलाई इजलास तोकेपछि न्यायाधीसहरू इजलासमा नजाने भएका छन् ।

प्रधानन्यायाधीस जबराले सोमबारका लागि ६ वटा इजलास गठन गरेर सातवटा बन्दीप्रत्यक्षीकरणका सातवटा मुद्दा सुनुवाइका लागि पेसी चढाइएको छ । तर, यसअघिको सहमतिविपरीत प्रधानन्यायाधीस जबराले आफैँमा इलजास तोकेप्ीछ सोमबार पनि इजलासमा आन्दोलित न्यायाधीसहरू नजाने भएका हुन् ।

विश्वम्भरप्रसाद श्रेष्ठ र मनोजकुमार शर्मा, बमकुमार श्रेष्ठ र प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी र डा. कुमार चुडाल, तेज बहादुर केसी र नहकुल सुवेदीको इजलासमा एक एकवटा बन्दीप्रत्यक्षीकरणका मुद्दा सुनुवाइका लागि तोकिएको छ । प्रधानन्यायाधीस जबरा र न्यायाधीश डा. कुमार चुडालको इजलासमा दुईवटा बन्दीप्रत्यक्षीकरणका मुद्दा छन् ।

तर, प्रधानन्यायाधीस जबराले आफैँलाई इजलास तोकेको भन्दै न्यायाधीसहरू इजलासमा नजाने भएका हुन् ।

प्रधानन्यायाधीसज्यूले आफूलाई इजलास नतोक्ने बताएपछि हामी इजलासमा जाने भएका थियौँ’, एक न्यायाधीशले भने, ‘तर, सोमबार आफैँले उहाँले इजलास तोक्नु भएकाले हामी नजाने भएका छौँ । अहिले पनि हामीहरू थप रणनीति बनाउन छलफलमै छौँ ।’

जबराले कार्यपालिकामा भाग खोजेको, न्यायिक सुधार गर्न नसकेकोलगायतका आरोप लगाउँदै सर्वोच्च अदालतका १९ जना न्यायाधीस र नेपाल बार एसोसिएसनले आन्दोलन गरिरहेका छन् ।

न्यायाधीसहरू बन्दीका बाहेक मुद्दा नहेरेर जबरालाई राजीनामा दिन दवाव दिइरहेका छन् । उनीहरूले सोमबार पनि आन्दोलन जारी राखेका छन् ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ११ : २८ बजे

वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई लियाे नियन्त्रणमा

वीरगन्ज । वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई नियन्त्रणमा

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धनमा गङ्गाजमुना गाउँपालिका

धादिङ । धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृतिमार्फत आन्तरिक तथा

इलाम उपनिर्वाचन : कांग्रेसभन्दा एमाले २ हजार ६१८ मतले अगाडि

काठमाडौं । इलाम-२ उपनिर्वाचनमा नेकपा एमालेको अग्रता कायम छ ।

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घरमा आइतबार उच्च गतिको विद्युत्

डोटीमा एक पुरुषको शव फेला

डोटी । डोटीमा एक पुरुषको शव फेला परेको छ ।