२४ बैशाख २०८१, सोमबार | May 6, 2024

सुस्तामा भारतीय एसएसबीको अनधिकृत नापजाँच



नवलपारसी । पश्चिम नवलपरासी सुस्ता गाउँपालिकाको सुस्तामा भारतीय सुरक्षाकर्मी एसएसबीले आइतबार नेपाली भूमिमा हतियारसहित अनाधिकृत प्रवेश गरेका छन् ।

नेपाल भारत दुवै देशले विवादित भूमि मानेको सुस्ताको विवादित स्थानबाट आइतबार भारतीय सुरक्षा बल एसएसबीको एउटा टुकडी अनाधिकृत रुपमा नेपाली भूमिमा हतियारसहित प्रवेश गरी नेपाली भूमिको नापजाँच गरेको सुस्ता गाउँपालिकाका प्रमुख रामप्रसाद पाण्डेले बताए ।

भारतीय सुरक्षाकर्मी एसएसबीको एउटा टोली अनाधिकृत रुपमा नेपाली भूमिमा प्रवेश गरेर नेपाल तर्फको सुस्ताको भूभाग फित्ताले नापजाँच गरेको र नेपाली भूमिबाट भारतीय सुरक्षा फौजले ड्रोन समेत उडाएको सुस्ताका स्थानीयवासी कैलन हरिजनले बताए ।

करिब १२ जनाको टुकडीले झोलुङगे पुलदेखि करिब १५० मिटरको दुरीमा आई नेपाली भूमिको नापजाँच गरेका थिए । यो घटनाको जानकारी स्थानीयवासीले सुस्तास्थित सुरक्षा पोष्टमा गराइएको थियो । स्थानीयवासीले तत्काल नेपाली सुरक्षा कर्मीलाई सूचना गरेपछि माथिल्लो निकायमा सूचना दिने भन्दै अलमल गरेर पछि त्यहाँ पुग्दा भारतीय एसएसवी त्यहाँबाट गैसकेको थिए ।

स्थानीयवासीले भारतीय एसएसवी नेपाली भूमिमा पसेको खबर पाएको भए पनि आधिकारिक रुपमा पुष्टि हुन नसकेकाले सो बारेमा थप बुझ्नका लागि सोमबार प्रमुख जिल्ला अधिकारीसहित जिल्लास्थित सुरक्षा कर्मीको टोली घटनास्थलतर्फ हिँडेको नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र्र कुमार मिश्रले बताए ।

गत वर्ष पनि भारतीय सुरक्षाकर्मी एसएसबीले नेपाली भूभाग र सीमा क्षेत्रमा ड्रोन उडाएर नक्सांकन गरेकोमा अहिले नापजाँच गर्ने फित्ता (स्केल) र रजिस्टार बुक लिएर सुस्तामा प्रवेश गरेपछि स्थानीयवासीमा त्रास फैलिएको छ । नेपाली पक्षले भने प्रभावकारी तरिकाले प्रतिवाद नगरेको भन्दै केही स्थानियवासीले दुःख व्यक्त गरेका छन् । (गोरखापत्र अनलाईनबाट)

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  २ : ५३ बजे

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

मकवानपुर । बागमती मन्त्रिपरिषद्को बैठकले  प्रदेशमा सरकारी काम काजको भाषा

भक्तपुरमा खुल्ला गुँला बाजा प्रतियोगितामा सम्पन्न

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा भएको खुल्ला गुँला बाजा प्रतियोगितामा

कवाडीवालाको कथामा बनेको लघुचलचित्र ‘भाउ’ सार्वजनिक

काठमाडौं । विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरुमा छनोट भएको सर्टफिल्म ‘भाउ’

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं । नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय

बागमती । बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८