३ पुस २०८२, बिहिबार | December 18, 2025

न्यायालयभित्रको विवाद छिटो समाधान होस भन्ने चाहेका छौं : गृहमन्त्री खाँण



जनकपुरधाम । गृहमन्त्री बालकृष्ण खाँणले सरकारले न्यायालयभित्र देखिएको विवाद छिटोभन्दा छिटो समाधान होस् भन्ने चाहेको बताएका छन् ।

गृहमन्त्री खाँणले न्यायपालिकाभित्र देखिएका समस्या संवेदनशील र गम्भिर रहेको उल्लेख गर्दै सरकार सो समस्या छिटो समाधान होस् भन्ने पक्षमा रहेको प्रष्टयाए ।

सोमबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा खाँणले न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका शक्ति सन्तुलनको हिसावले पनि स्वतन्त्र ढंगले चल्ने गरेका स्पष्ट पारे । गृहमन्त्री खाँणले सरकारले नागरिकता विधेयक पनि छिटोभन्दा छिटो पास गर्न चाहेको बताए । उनले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई अवरुद्ध पार्दै आएको सदन सुचारु गराउन पनि आग्रह गरे । नागरिकतालगायतका महत्वपूर्ण विधेयकहरु पास गर्न सदन सुचारु गराउन ढिलाई गर्न नहुने गृहमन्त्री खाँणले बताए ।

गृहमन्त्री खाँणले नागरिकको स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सरकार प्रतिवद्ध रहेको दाबी गरे । उनले सरकारले नागरिकको सुरक्षाको विषयलाई पहिलो प्राथमिकतामा राखेको दोहो¥याए ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ३ : ४९ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका