२१ असार २०८३, आइतबार | July 6, 2026

विप्लव पनि ढिलोचाँडो माओवादी केन्द्रमा आउनुहुन्छ : प्रचण्ड



काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्डले नेकपा महासचिव ‘विप्लव’ छिट्टै माओवादी केन्द्रमै फर्कने विश्वास व्यक्त गरेका छन् ।

पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टी प्रवेश कार्यक्रमलाई शुक्रबार बिहान सम्बोधन गर्दै प्रचण्डले विप्लवलाई आफ्नो पार्टीमा छिट्टै भित्र्याउन आफू आतुर रहेको बताए ।

“एक्लै क्रान्ति गर्छु भन्दा क्षति मात्रै हुन्छ, छिट्टै विप्लवजीहरुलाई पनि यहाँ हात मिलाउने, अंकमाल गर्ने प्रतिक्षामा छु ।” प्रचण्डले भने ।

पार्टी विभाजन गरी बाहिरिएका मोहन वैद्य र डा।बाबुराम भट्टराईसँग एकताका लागि कुराकानी चलिरहेको पनि उनले बताए । “विप्लव पनि ढिलोचाँडो आउनुहुन्छ । अलग भएर होइन, एक ठाउँ भइ नेपाली क्रान्तिलाई मौलिक तरिकाले अघि लान सकिन्छ,” उनले भने ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ११ : ४६ बजे

धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : पर्यटनमन्त्री पौडेल

म्याग्दी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले नेपालमा

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी

कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन

विराटनगर । गृहमन्त्री सुधन गुरुङले विराटनगरस्थित कोशी अस्पतालको अतिक्रमित जग्गा

नार्कका सम्पर्कविहीन दुई कर्मचारी बर्खास्त

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मातहतको नेपाल कृषि अनुसन्धान

पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्यो

काठमाडौं । पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढेको छ