२० मंसिर २०८२, शनिबार | December 6, 2025

माछापुच्छ्रे बैंक लिमिटेडको २३ औँं वार्षिक साधारण सभा सम्पन्न, १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित



पोखरा । माछापुच्छ्रे बैंक लिमिटेडको २३ औँं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । पोखरामा आयोजना गरिएको साधारणसभाले आर्थिक बर्ष २०७७/७८को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक बर्ष २०७७/७८ को नाफानोक्सान बाडँफाडँ, इक्विटीमा भएको परिवर्तनको विवरण तथा नगद प्रवाह विवरण पारित गरेको छ ।

साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हालको चुक्तापूँजीको १४ प्रतिशत लाभांश (०.७ प्रतिशत नगद र १३.३० प्रतिशत बोनस लाभांश) वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । संचालक समितिमा रिक्त रहेको संचालक पदमा संचालक समितिले बाँकी कार्यकालसम्मको लागि नियुक्त गरेको संचालकहरुको नियुक्ती अनुमोदन गरिएको बैंकले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६० करोड ७८ लाख रुपैंया खुदनाफा गरेर प्रतिशेयर आम्दानी १७ रुपैंया ७६ पैसा कायम गरेको थियो । बैंकको चुक्तापूँजी ९ अर्ब ५करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा २ अर्ब ७० करोड रुपैयाँ संचित रहेको छ ।

स्थापना काल देखि नै नयाँनयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहक माझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंकले आफ्ना १६२ वटा शाखाहरु लगायत १५४ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ३१६ स्थानवाट ग्राहकलाई सम्पुर्ण बै‌किङ्ग सुबिधा प्रदान गरिरहेको छ भने देशभर २०० वटा एटीएमहरु मार्फत सेवा प्रदान गरिरहेको बैंकले प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ८ : ४९ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय