२ पुस २०८२, बुधबार | December 17, 2025

सत्ता गठबन्धनले भन्यो, ‘न्यायपालिकामा देेखिएको गतिरोधको यथाशिघ्र निकास हुनुपर्छ’



काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनले न्यायपालिकाको गतिरोधको यथाशिघ्र निकास हुनुपर्ने प्रतिक्रिया दिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा बसेको पाँच दलीय गठबन्धन राजनीतिक समन्वय समितिको बैठकले सर्वोच्च अदालतमा देखिएको समस्या र गतिरोधप्रति ध्यानाकर्षण जनाउँदै सम्बन्धित सबै पक्षबाट छिटो निकास दिने दिशामा पहल गर्न आह्वान गरेको छ ।

‘राज्यको महत्वपूर्ण अंगको रूपमा रहेको न्यायपालिकाको स्वतन्त्रता, गरिमा, विश्वसनियता र स्वच्छतालाई कायम राख्ने गरी यथाशिघ्र निकास हुनुपर्दछ भन्ने हाम्रो धारणा छ,’ संयोजक रामचन्द्र पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

बैठकले राष्ट्रिय राजनीतिक घटनाक्रमको समीक्षा तथा विश्लेषण गर्दै संविधानको प्रभावकारी कार्यान्वयन, राष्ट्रियता र लोकतन्त्रको सम्वर्द्धनमा जोड दिने निर्णय पनि गरेको छ ।

बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत सहभागी थिए ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ६ : २९ बजे

बढ्यो अमेरिकी डलरको मूल्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छ : राष्ट्र बैंक

काठमाडौं । पछिल्ला दिनमा भएका बैंक तथा वित्तीय संस्था लक्षित

विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै प्रकाशन हुने

काठमाडौं । विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै

राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने

काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग

हिजो स्थगित भएको एमाले ११ औँ महाधिवेशनको मतदान आज बिहान ८ बजेदेखि सुरु हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ