१७ बैशाख २०८१, सोमबार | April 29, 2024

अमेरिकालाई उछिन्दै चीन बन्यो विश्वकै धनी देश



बेइजिङ । अमेरिकालाई उछिन्दै चीन विश्वकै धनी देश बनेको छ । परमार्शदाता म्याकिन्से एण्ड कम्पनीले एक रिपोर्ट सार्वजनिक गर्दै पछिल्लो २० वर्षमा चीनको सम्पत्ति तीन गुणाले बढेको जनाएको हो ।

तथ्यांकअनुसार सन् २००० मा चीनको कूल सम्पत्ति ७ ट्रिलियन डलर रहेकोमा सन् २०२० मा १२० ट्रिलियन डलर पुगेको छ । विश्वको कूल सम्पत्तिको एक तिहाई सम्पत्ति चीनको रहेको छ ।

पछिल्लो २० वर्षमा विश्वको कूल सम्पत्ति पनि तीन गुणाले बढेको छ । सन् २००० मा विश्वको सम्पत्ति १५६ ट्रिलियन डलर रहेकोमा सन् २०२० मा ५१४ ट्रिलियन डलर पुगेको हो ।

चीन विश्व व्यापार संगठन (डब्लूटीओ) को सदस्य हुनुभन्दा एक वर्ष अगाडिदेखिको तथ्यांक सार्वजनिक गरिएको हो । चीन २००१ को ११ डिसेम्बरमा डब्लूटीओको सदस्य भएको थियो । डब्लूटीओको सदस्य भएपछि चीनको अर्थतन्त्रमा तीब्र बिकास भएको विज्ञहरुले बताउँदै आएका थिए ।

अमेरिकामा पछिल्लो दुई दशकको अवधिमा देशको कूल सम्पत्ति ९० ट्रिलियन डलर बढेको छ ।

विश्वकै ठूला अर्थतन्त्र भएका अमेरिका र चीन दुबै देशमा दुई तिहाईभन्दा बढी सम्पत्ति १० प्रतिशत मानिससँग मात्र छ ।

म्याकिन्से एण्ड कम्पनीले १० ओटा देशहरुको राष्ट्रिय तथ्यांकको आधारमा रिपोर्ट तयार पारेको हो । यी देशहरुले विश्वको आम्दानीको ६० प्रतिशत हिस्सा ओगट्छन् ।

चीन र अमेरिकाबाहेक रिपोर्टमा जर्मनी, फ्रान्स, बेलायत, जापान, स्वीडेन, मेक्सिको र अस्ट्रेलियालाई समावेश गरिएको छ ।

रिपोर्टअनुसार विश्वको कूल सम्पत्तिको करिव ६८ प्रतिशत सम्पत्ति घर जग्गा क्षेत्रमा लगानी भएको छ ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ८ : ३८ बजे

तेस्रो लगानी सम्मेलन : ‘पर्यटनमा लगानीको ढोका खुल्यो’

काठमाडौं । मुगुको प्रसिद्ध रारा ताल क्षेत्रमा सुविधा सम्पन्न रिसोर्ट

चाँडै चीनसँगका १४ नाका सञ्चालनमा ल्याउँछौं : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवम् परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले चाँडै चीनसँगका

बुटवल आदर्शनगरको सिद्धेश्वरी सामुदायिक बनको डढेलो बस्ती नजिक झर्दै, सुरक्षा सतर्कता बढाइयो

बुटवल । बुटवल उपमहानगरपालिकाको आदर्शनगर माथिको सिद्धेश्वरी सामुदायिक बनमा लागेको

गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि उत्पादन केन्द्र सञ्चालनमा

गुल्मी । पैचो पसल प्रालीले गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि

नक्कली सवारी अनुमति पत्र प्रकरण : यातायात कार्यालय बुटवलका शाखा अधिकृत र इन्जिनीयर सहित ३ जना पक्राउ

बुटवल। नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रकरणको जालो बुटवल