७ श्रावण २०८३, बिहिबार | July 23, 2026

अमेरिकालाई उछिन्दै चीन बन्यो विश्वकै धनी देश



बेइजिङ । अमेरिकालाई उछिन्दै चीन विश्वकै धनी देश बनेको छ । परमार्शदाता म्याकिन्से एण्ड कम्पनीले एक रिपोर्ट सार्वजनिक गर्दै पछिल्लो २० वर्षमा चीनको सम्पत्ति तीन गुणाले बढेको जनाएको हो ।

तथ्यांकअनुसार सन् २००० मा चीनको कूल सम्पत्ति ७ ट्रिलियन डलर रहेकोमा सन् २०२० मा १२० ट्रिलियन डलर पुगेको छ । विश्वको कूल सम्पत्तिको एक तिहाई सम्पत्ति चीनको रहेको छ ।

पछिल्लो २० वर्षमा विश्वको कूल सम्पत्ति पनि तीन गुणाले बढेको छ । सन् २००० मा विश्वको सम्पत्ति १५६ ट्रिलियन डलर रहेकोमा सन् २०२० मा ५१४ ट्रिलियन डलर पुगेको हो ।

चीन विश्व व्यापार संगठन (डब्लूटीओ) को सदस्य हुनुभन्दा एक वर्ष अगाडिदेखिको तथ्यांक सार्वजनिक गरिएको हो । चीन २००१ को ११ डिसेम्बरमा डब्लूटीओको सदस्य भएको थियो । डब्लूटीओको सदस्य भएपछि चीनको अर्थतन्त्रमा तीब्र बिकास भएको विज्ञहरुले बताउँदै आएका थिए ।

अमेरिकामा पछिल्लो दुई दशकको अवधिमा देशको कूल सम्पत्ति ९० ट्रिलियन डलर बढेको छ ।

विश्वकै ठूला अर्थतन्त्र भएका अमेरिका र चीन दुबै देशमा दुई तिहाईभन्दा बढी सम्पत्ति १० प्रतिशत मानिससँग मात्र छ ।

म्याकिन्से एण्ड कम्पनीले १० ओटा देशहरुको राष्ट्रिय तथ्यांकको आधारमा रिपोर्ट तयार पारेको हो । यी देशहरुले विश्वको आम्दानीको ६० प्रतिशत हिस्सा ओगट्छन् ।

चीन र अमेरिकाबाहेक रिपोर्टमा जर्मनी, फ्रान्स, बेलायत, जापान, स्वीडेन, मेक्सिको र अस्ट्रेलियालाई समावेश गरिएको छ ।

रिपोर्टअनुसार विश्वको कूल सम्पत्तिको करिव ६८ प्रतिशत सम्पत्ति घर जग्गा क्षेत्रमा लगानी भएको छ ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ८ : ३८ बजे

लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाटै भएको हो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको अधिकार

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै

नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार प्रयासरत छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई ‘ग्रे लिस्ट’ बाट

नारायणी लिफ्ट सिँचाइ आयोजनाको १३ किलोमिटर नहर अतिक्रमणमा

चितवन । नारायणी लिफ्ट सिँचाइ आयोजनाको झण्डै १३ किलोमिटर नहर

लागुऔषधसहित चार जना पक्राउ

काठमाडौं । काठमाडौं र मोरङबाट लागुऔषधसहित चार जना पक्राउ परेका