२३ चैत्र २०८२, सोमबार | April 6, 2026

बोलेरोले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु



हेटौंडा । बोलेरोले ठक्कर दिँदा मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९ हनुमानगेटमा एक जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९ मा भैंसी बोकेको बोलेरोले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

मकवानपुरको कैलाश गाउँपालिका-४ कालिकाटारका २४ वर्षीय अविरल रिजालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको ना ३ च ११९३ नम्बरको बोलेरोले विपरित दिशाबाट गइरहेको ना ३४ प ६०४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले बताए ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ९ : १० बजे

शेयर बजारप्रति सरकार उदार, ‘धरपकड होइन सुधार’ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शेयर बजारमा अनावश्यक त्रास

प्रतिनिधिसभामा नेकपा प्रमुख सचेतकको सुझाव – ‘स्टन्ट होइन, काम गरेर देखाओस्’

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सरकारलाई

नेपालमा लगानीको अपार सम्भावनाको सदुपयोग गर्न एनआरएनएलाई राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान अवस्थामा नेपालमा रहेको लगानीको

राजगुठी जग्गा संरक्षण गर्न घ्याङ गुठीको माग

काठमाडौं । गुठी संस्थानअन्तर्गत रहेको बौद्धको राजगुठी जग्गा संरक्षण गर्न

स्मार्ट च्वाइस टेक्नोलोजिज र सिटी टेक ग्रुपबीच फिनपोस मार्फत रणनीतिक साझेदारी

काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिजले सिटीटेक ग्रुपसँग डिजिटल भुक्तानी क्षेत्र का