२४ माघ २०८२, शनिबार | February 7, 2026

पाँच कम्पनीलाई कारबाही, उत्पादन र बिक्री बन्द गर्न निर्देशन



काठमाडौं । गुणस्तरहीन सामग्री उत्पादन तथा बिक्री वितरण गरेको अभियोगमा पाँच कम्पनी कारबाहीमा परेका छन ।

गुणस्तर तथा नापतौल विभागले बुधबार सूचना जारी गर्दै मारुती, युनाइटेड र जगदम्बा सिमेन्ट तथा जानकी केबल प्रालि र श्री ग्यास वान नेपालका उत्पादन बिक्रीमा रोक लगाउँदै १५ दिनभित्र स्पष्टीकरण पेस गर्न पत्राचार गरेको छ ।

विभागले विभिन्न समयमा गरेको बजार अनुगमनका क्रममा गुणस्तरहीन सामग्री उत्पादन तथा बिक्री वितरण गरेका ति कम्पनीका उत्पादन बिक्री वितरणमा पनि रोक लगाएको छ ।

बजार अनुगमनका क्रममा सङ्कलन गरेको नमुना विभागको प्रयोेगशालामा परीक्षण गर्दा तथा उद्योग निरीक्षण गर्दा सम्बन्धित नेपाल गुणस्तरबमोजिम नपाइएकाले नेपाल गुणस्तर प्रमाण-चिह्न ऐन, २०३७ तथा नियमावली, २०४० बमोजिम कारबाही गरिएको महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए ।

उनका अनुसार सिरहामा रहेको मारुती सिमेन्टको ओपिसी ४३ ग्रेड, धादिङमा रहेको युनाइटेड सिमेन्टको ओपिसी ५३ ग्रेड र रुपन्देहीमा रहेको जगदम्बाको पिपिसी सिमेन्टको नमुना परीक्षण गर्दा मापदण्डानुसार गुणस्तर नभएको भेटिएको हो ।

कम्पनीले एउटा गुणस्तर भने पनि अनुगमन र नमुना परीक्षण गर्दा सो गुणस्तर भेटिएको थिएन । विभागले तीनै सिमेन्ट उद्योगका उत्पादन बिक्री वितरण बन्द गरी बजारबाट फिर्ता लग्नसमेत निर्देशन दिएको छ ।

कुनमा के गल्ती ?

मारुतीले उत्पादन गरेको सिमेन्टको कम्प्रेसिभ स्ट्रेन्थ नेपाल गुणस्तरअनुरूप नरहेको, कम्पनीले उत्पादन गरेको सिमेन्टको सात र २८ दिनको कम्प्रेसिभ स्ट्रेन्थ नेपाल गुणस्तरभन्दा कम भएको भन्दै कारबाही गरेको हो । कम्प्रेसिभ स्ट्रेन्थ क्रमशः ३३ र ४३ हुनुपर्नेमा ३१ र ३७ फेला परेको विभागमा महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए ।

युनाइटेडले कम्पनीले उत्पादन गरेको सिमेन्टको सात र २८ दिनको कम्प्रेसिभ स्ट्रेन्थ नेपाल गुणस्तरभन्दा कम भएको भन्दै विभागले कारबाही गरेको हो। कम्प्रेसिभ स्ट्रेन्थ क्रमशः ३७ र ५३ हुनेपर्नेमा ३५ र ३९ फेला परेको परेको थियो ।

यसैगरी जगदम्बा कम्पनीले उत्पादन गरेको सिमेन्टको तीन र सात दिनको कम्प्रेसिभ स्ट्रेन्थ नेपाल गुणस्तरभन्दा कम भएको भन्दै कारबाही गरेको हो। कम्प्रेसिभ स्ट्रेन्थ क्रमशः १६ र २२ हुनुपर्नेमा १५ र २० फेला परेको थियो ।

श्री ग्यासको बोटलिङ बन्द विभागले ग्यास बोटलिङमा सामान्य सुरक्षाका मापदण्ड पनि पूरा नगरेको भन्दै श्री ग्यासको बोटलिङ अपरेसन नै बन्द गराएको छ । उद्योगले सिलिन्डरमा सेफ्टी क्याप नलगाएको, टेर वेट नलिएको, पर्जिङ मेसिन प्रयोगमा नल्याएको र उद्योगमा सिभिटी मेसिनसमेत नभएको भन्दै कारबाही गरिएको विभागले जनाएको छ ।

सो उद्योगले एचएसटी मेसिन प्रयोग नगरेको, सिलिन्डर धुने पखाल्ने व्यवस्था नभएको, बिग्रेको भल्भ नै परिर्वतन गर्नुपर्नेमा मर्मत गरेको, स्प्रिङ्कल मेसिन चालु अवस्थामा नरहेको र प्रेरगजको क्यालिब्रेस नभएको अवस्थामा फेला पारेपछि ग्यास उद्योग नै बन्द गरेको विभागमा महानिर्देशक पुडासैनीले जानकारी दिए ।

विभागले उद्योग बन्द गर्दै १५ दिनभित्र स्पष्टीकरण पेस गर्ने भन्दै पत्रचार गरेको छ ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहिबार  ७ : २३ बजे

नयाँ दलको प्रभावले पाँचथरमा बदलिएको प्रतिस्पर्धा

पाँचथर । एक मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको पाँचथरमा

प्रधानमन्त्री कार्कीद्वारा अभिनेता थापाको निधनमा शोक व्यक्त

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सिनेमा क्षेत्रका लोकप्रिय अभिनेता

बाँकेमा निर्वाचन आचारसंहिता उल्लङ्घनका १६ घटना

नेपालगन्ज । निर्वाचनको मिति नजिकिएसँग बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा निर्वाचन

प्रतिनिधिसभा सदस्य निर्वाचनः राष्ट्रिय पर्यवेक्षक संस्थाहरुका लागि अभिमुखीकरण

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय पर्यवेक्षक संस्थाहरुका लागि अभिमुखीकरण कार्यक्रम

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठक आइतबार बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठक आइतबार