१६ बैशाख २०८१, आइतबार | April 29, 2024

एउटै मञ्च भित्र चार खण्ड बनाएर एमाले महाधिवेशनको उद्घाटन सत्र चलाउने



काठमाडौं । नेकपा एमाले १० औं महाधिवेशन उदघाटन समारोहमा हैसियतअनुसार कुर्सीको व्यवस्थापन हुने भएको छ । पाँच लाखको उपस्थितिमा उद्घाटनका लागि बनाउन लागिएको मञ्चलाई चार भागमा विभाजन गरी कुर्सी व्यवस्थापन गर्न लागिएको हो ।

‘महाधिवेशन उद्घाटनका लागि भव्य मञ्च बनाउन सुरु गरेका छौं, सो मञ्चलाई चार भागमा विभाजन गरी कुर्सीको व्यवस्थापन हुनेछ,’ मञ्च निमार्णमा सक्रिय नेता विनोद श्रेष्ठले भने, ‘अध्यक्षसहित पदाधिकारी स्थायी कमिटी सदस्य र अतिथिहरु एउटा भागमा रहनु हुनेछ भने केन्द्रीय सदस्यहरु मञ्चको दोस्रो भागमा रहनु हुनेछ ।’

उनकाअनुसार केन्द्रीय सल्लाहकारलाई पनि मञ्चको एक भागमा राखिनेछ भने प्रमुख बक्ताहरु बोल्नलाई अर्को भाग बनाउने गरी मञ्च व्यवस्थापनको काम सुरु भएको छ ।

श्रेष्ठका अनुसार मञ्च निमार्णका लागि हिजोबाट नारायणी किनाराको खाली भागलाई सम्याउन प्रक्रिया भने सुरु भइसकेको छ । ‘बाढीले क्षतिग्रस्त बनाएको किनारालाई सम्याउने काम भइरहेको छ, त्यो सक्ने बितिक्कै मञ्च निर्माण सुरु हुनेछ,’ श्रेष्ठले भने । उद्घाटन सत्रमा ५ सय जना बस्न मिल्ने गरी मञ्चको निर्माण गरिनेछ ।

यसैगरी, उद्घाटन स्थलमा ‘सेल्फी स्पट’ निर्माण गरिनेछ भने उद्घाटन स्थल र भरतपुरका चोकमासमेत गरी २० वटा डिजिटल बोर्ड राखिनेछ । ‘एउटा डिजिटल बोर्ड नवलपरासीको किनारामा पनि राख्ने गरी योजना बनाएका छौं,’ उनले भने ।

भरतपुर र नवलपरासीतर्फका विभिन्न ७ स्थानबाट आउने जुलुसलाई महाधिवेशन उद्घाटन स्थलसम्म लैजान र उद्घाटन कार्यक्रमलाई ब्यवस्थित गराउन कम्तिमा ५ सय स्वयंसेवक निरन्तर खटिनेछन् । अपरान्ह १२ बजे महाधिवेशनको उदघाटन हुने र साँझ ५ बजेभित्रमा समापन गर्नेगरी कार्यतालिका एमालेले बनाएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ८ : ४३ बजे

सम्पत्ति शुद्धीकरण मुद्दामा न्यौपानेलाई तीन वर्ष कैद

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ

आज राति कोसी, बागमती, लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित

गौशालामा आहारा खुवाएर बुटवल उपमहानगर कर्मचारी एशोसिएसनले मनायो २७ औँ स्थापना दिवस

बुटवल । शिवनगर सामुदायीक वनमा नन्दिनी गौशालामा रहेका गाई/गोरुहरुलाई आहारा

प्रधानमन्त्रीद्वारा मर्स्याङ्‍दी–काठमाडौं प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको उद्घाटन

काठमाडौं । मर्स्याङ्‍दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ

नेपालगन्जका संस्थागत विद्यालयलाई हरेक बर्ष भर्ना शुल्क लिन रोक, एसी र परिचय पत्रको शुल्क लिन पाइने

नेपालगन्ज । नेपालगन्जमा संचालनमा रहेको निजी बिद्यालयहरुले मनोमानी चर्को शुल्क