३१ भदौ २०८३, बुधबार | September 16, 2026

न्युजिल्याण्डविरूद्धको टी-ट्वान्टी सिरिज भारतलाई



काठमाडौं । पाहुना टोली न्युजिल्याण्डविरुद्धको तीन खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज एक खेल अगावै भारतले जितेको छ ।

लगातार दुई खेलमा न्युजिल्याण्डलाई हराएको भारतले सरिज नै कब्जा गरेको हो । भारतको राँचीमा शुक्रबार राति सम्पन्न दोस्रो टी-ट्वान्टीमा न्युजिल्याण्डलाई ७ विकेटले हराउँदै भारतले एक खेल अगाबै सिरिज आफ्नो बनाएको हो ।

न्युजिल्याण्डले दिएको १ सय ५४ रनको लक्ष्य भारतले १७ ओभर २ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो । भारतको जितमा केएल राहुल र कप्तान रोहित शर्माले अर्धशतकीय इनिङ्स खेले । राहुलले ६५ तथा शर्माले ५५ रन बनाए ।

यस्तै भेन्कातेस आयरले अविजित १२ रन जोड्दा ऋषव पन्तले अविजित १२ रन बनाए । सूर्यकुमार यादव १ रनमा आउट भए । न्युजिल्याण्डका टिम साउथीले ३ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५३ रन बनाएको थियो ।

न्युजिल्याण्डका ग्लेन फिलिप्सले ३४ रन बनाए । मार्टिन गुप्टिल र मिचेलले समान ३१/३१ रन जोडे । मार्क च्याम्पम्यानले २१ तथा टिम सेइफर्टले १३ रन बनाए ।

भारतका हर्सल पटेलले दुई विकेट लिए । भुवनेश्वर कुमार,रविचन्द्र आश्विन, दिपक चाहर र अक्षर पटेलले १-१ विकेट लिए ।

जितसँगै तीन खेलको सिरिजमा भारतले २-० को अग्रतासमेत बनाएको छ । तेस्रो तथा अन्तिम खेल आइतबार हुनेछ ।

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  ८ : ०७ बजे

बुटवलमा भोलीदेखि ‘ब्यूटी क्यासल’ सञ्चालन, सौन्दर्य सेवासँगै व्यावसायिक तालिम पनि

बुटवल । सौन्दर्यसम्बन्धी विभिन्न सेवा प्रदान गर्ने उद्देश्यसहित बुटवल-८, सुख्खानगरमा

डिजेल अनियमितता प्रकरणमा तीन ट्याङ्कर निलम्बित, चालक-सहचालकलाई प्रवेश निषेध

भैरहवा । पेट्रोलियम पदार्थ ढुवानीका क्रममा ट्याङ्करमा जडित सुरक्षा प्रणालीमा

सर्वदलीय बैठक : संसद भित्र र बाहिर छुट्टाछुट्टै उच्चस्तरीय सर्वदलीय संयन्त्र बनाउने निर्णय

काठमाडौं । सर्वदलीय बैठकले उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णय

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन

सार्वजनिक यात्रुवाहक सवारीसाधनको दर्ता खुला

काठमाडौँ । यातायात व्यवस्था विभागले सार्वजनिक यात्रुवाहक सवारीसाधनको निश्चित सीमा