२० चैत्र २०८२, शुक्रबार | April 4, 2026

गोला प्रक्रियाबाट तोकिने पेसीको प्रतीक्षा



काठमाडौं । सर्वोच्च अदालतमा गोला प्रक्रियाबाट दैनिक मुद्दाको पेसी तोक्ने प्रक्रियाको तयारी अन्तिम चरणमा पुगेको छ । वर्षौंदेखि प्रधानन्यायाधीशले तोक्दै आएको मुद्दाको पेसी अटोमेसन प्रणालीबाट सुरु हुन लागेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै गत कात्तिक ७ देखि सहकर्मी न्यायाधीशले मुद्दा सुनुवाइ गर्न छोडेपछि बाध्य भएर गोला प्रक्रियामा जान लागिएको हो । राजीनामा माग गर्दै न्याय सेवा ठप्प भइरहेका बेला गोला प्रक्रियाबाट मुद्दाको दैनिक पेसी तोक्न नियमावली र निर्देशिका संशोधन गर्ने निर्णय बिहीबार भएको थियो ।

नयाँ प्रणालीबाट मुद्दाको पेसी तोक्दा प्रधानन्यायाधीशले चाहेको इजलासमा मुद्दा पर्ने छैनन् । प्रधानन्यायाधीशले मुद्दा आफूले चाहेको समयमा स्थगित गर्ने, आफूले चाहेका मुद्दामात्रै आफू खुसी न्यायाधीशको इजलासमा पार्ने गरेको आरोप लाग्दै आएको छ । मुद्दाको पेसीका विषयमा न्यायालयमा बारम्बार विवाद हुँदै आएको छ ।

नियमावली र निर्देशिका संशोधनको बेहोरा सोमबार राजपत्रमा प्रकाशित हुँदैछ । राजपत्रमा प्रकाशित भएपछि सर्वोच्च अदालतको पूर्ण बैठकले कुन दिनदेखि लागू गर्ने भन्ने तय गर्नेछ । कानुन,न्याय तथा संसदीय मामिला मन्त्रालयले सम्पादन गरी शुक्रबार पठाएको संशोधित विषय राजपत्रमा छाप्न पठाइएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले बताए। ‘गोला प्रक्रियाबाट पेसी सुरु गर्न राजपत्रमा अनिवार्य प्रकाशित हुनुपर्ने हुन्छ । हामीले आजै (आइतबार) पठाइसकेका छौं । भोलि छापिन्छ ।’

अटोमेसन प्रणाली सुरु भएपछि सर्वोच्च अदालतमा सबै प्रकारका मुद्दा हेरिने छन् । त्यससँगै चार सातादेखि अवरुद्ध भएको न्याय सम्पादन सुचारु हुनेछ । प्रधानन्यायाधीश जबराको राजीनामाको माग यथावत् राख्दै १९ जना न्यायाधीशले गोला प्रक्रियाबाट पेसी तोकी मुद्दा हेर्ने भएका छन् ।

आइतबार प्रधानन्यायाधीश जबराले सबै प्रकारका गरी ३३४ मुद्दामा पेसी तोकेका थिए । त्यसमध्ये १८ वटा मुद्दामा इजलास बसेको थियो । बन्दी प्रत्यक्षीकरण, तामेलीमा पठाउने, मुद्दा फिर्ता,मिलापत्र विषयका मुद्दामा न्यायाधीशले सुनुवाइ गरेका छन् ।

न्यायाधीशहरूले गोला प्रक्रियाबाट पेसी सुरु गरेर मुद्दा हेर्न थालेपछि पनि प्रधानन्यायाधीशको ‘ग्रेसफुल एक्जिट’को माग नछोड्ने बताएका छन् । उनीहरूले प्रधानन्यायाधीशसँग एउटै इजलासमा नबस्ने अडान पनि जारी नै राखेका छन् । आजको नागरिक दैनिकमा भाषा शर्माले यो समाचार लेखेकी छन ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ७ : ५० बजे

यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट ९ जना बिचौलिया प्रहरी नियन्त्रणमा

नेपालगन्ज । यातायात व्यवस्था कार्यालय, नेपालगन्जबाट सेवाग्राहीबाट पैसालिएर मध्यस्तता गरिदिने

एमाले सचिवालय बैठक : ‘बादल’को वक्तब्य सच्याइयो, प्रधानमन्त्रीलाई औपचारिक बधाई

काठमाडौँ । नेकपा (एमाले) गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

यूएईको अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष खस्दा सात नेपाली घाइते

काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष

नापी कार्यालय भैरहवाबाट दुई जना विचौलिया पक्राउ

भैरहवा । नापी कार्यालय भैरहवा परिसरबाट प्रहरीले दुई जना विचौलियालाई

दोस्रो सौभाग्य कपमा विजयी हुदै सम्पूर्ण क्लब क्वाटरफाईनलमा प्रवेश

बुटवल । सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२