२८ असार २०८३, आइतबार | July 12, 2026

जोखिम मोलेर छाङरु पुग्यो जनगणना टोली



दार्चुला । दार्चुलाको व्यास गाउँपालिका-१ स्थित छाङरु र तिकंर गाउँको जनगणनाका लागि जनगणना कार्यालय दार्चुलाको टोली तीन दिनको जोखिमपूर्ण पैदल यात्रा गर्दै छाङरु पुगेको छ ।

दार्चुलाका जिल्ला जनगणना अधिकृत पदमराज पाण्डेका अनुसार शुक्रबार खलंगाबाट प्रस्थान गरेको सहायक जनगणना अधिकृत खगेन्द्र कार्की नेतृत्वको टोली सोमबार दिउँसो १२ बजे छाङरु पुगेर जनगणना सुरु गरिसकेको छ । छाङरु र तिकंर दुबै गाउँमा जनगणना गरिसक्न तीन दिन लाग्ने पाण्डेले बताए ।

चिसो छल्न तिकंरबासी बेँसी झर्न थालेकोले जनगणना गर्न चुनौती थपिएको छ । जनगणना अधिकृत पाण्डेले भने, केही स्थानीयहरु चिसो छल्न बेँसी झरिसकेको खबर सुन्नमा आएको छ, त्यहाँका गणक राजेन्द्र कार्की हिड्न नसक्ने भएपछि खलंगामै छन, गणक खटाएर बेँसी झरेका स्थानीयहरुको गणना खलंगामै गरिनेछ । व्यास गाउँपालिका–१ बाहेक जिल्लाका अरु वडाहरुको जनगणना कार्य भने अन्तिम चरणमा पुगेको उनले बताए ।

नेपालतर्फको बाटो निकै असहज भएकोले भीर पहरामा हिँड्दा ज्यानको समेत जोखिम हुनसक्ने सम्भावनालाई मध्यनजर गरेर गणकहरु फर्किंदा हेलिकोप्टरको व्यवस्था गरिदिन माग गरिएको छ । हेलिकोप्टरका लागि विभागसंग समन्वय भइरहेकोले फर्किदासम्म हेलिकोप्टरको व्यवस्था हुनसक्ने सम्भावना रहेको जनगणना अधिकृत पाण्डेले बताए ।

नेपालतर्फ सुरक्षित बाटो नहुँदा व्यास गाउँपालिकाका स्थानीयहरु भारतीय बाटोको प्रयोग गर्दै सदरमुकाम खलंगाबाट गाउँसम्म आवतजावत गर्दै आएका छन् । भारतले गणकलाई बाटो नदिंदा सहायक जनगणना अधिकारी खगेन्द्र कार्की र कार्यालय सहयोगी लोकेन्द्र टेर नेपालतर्फकै जोखिमपूर्ण बाटो हुँदै व्यास पुगेका हुन् । तर लालाबाला, बस्तुभाउसहित उक्त बाटो भएर सदरमुकाम पुग्न सकिने अवस्था नरहेको स्थानीय हरक कार्कीले बताए ।
भारतले गणकलाई मात्रै जान नदिएको तर स्थानीयहरु पास लिएर अहिलेपनि आवतजावत गरिरहेको प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशीले बताए । विवादित क्षेत्रमा गएर पनि जनगणना गर्छ कि भन्ने आशंकाले गणकलाई पास नदिएको हुनसक्ने उनको भनाई छ ।

जनगणनाको समय सकिन तीन दिन मात्र बाँकी रहेको छ, भारतीयले पास देलान् अनि जाउँला भन्दा समय घर्किने भएपछि जनगणना टोली पैदल हिँडेरै गएको हो, प्रजिअ जोशीले भने, त्यहाँको बाटो असहज छ, टाढा पर्छ भनेर हामीले भारतसँग भारतीय बाटो प्रयोगका लागि अनुमति माग्यौँ, पासका लागि अनुरोध गर्यौँ, तर भारतीय पक्षले यो वा त्यो बाहानामा अनुमति दिएन, त्यसैले नेपालकै बाटो पैदल हिडेर गणकहरु त्यहाँ पुगेका छन् । जनगणनाको काम सकेरै फर्किन्छन । घुम्न जाने नेपालीलाई पास दिइरहेको भारतीय प्रशासनले बाटो बिग्रिएको र केन्द्र सरकारको अनुमति नभएको भन्दै गणकलाई भारतीय बाटोबाट व्यास जान अनुमति नदिएको हो ।

भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रको नाबि, कुटी र गुञ्जी गाउँमा गएर जनगणना गर्न सम्भव नभएको प्रमुख जिल्ला अधिकारी जोशीले बताए । केन्द्रीय तथ्यांक विभागले बैकल्पिक उपाय प्रयोग गरेर जनगणना गर्छौ भनेर भनिराख्नुभाको छ, उनले भने, त्यहाँ अहिलेसम्म कुनै किसिमको जनगणना गर्न सकिने सम्भावना आजका मितिसम्म मैले देखेको छैन । तर कुनै त्यस्तो किसिमको प्रविधि भए त्यसपछि मात्रै जानकारी होला ।

भारतले महाकालीको किनारैकिनार लिपुलेकसम्म बाटो बनाएको छ भने अतिक्रमित भूमिमा ठूलो सुरक्षा तैनाथ गरेको छ । व्यास गाउँपालिका-१ मै पर्ने गुन्जी, कुटी र नाभी गाउँका करिब ३२० परिवारका एक हजार जनाको गणना गर्न जिल्लाबाट सम्भव नभएको अधिकारीहरुले बताएका छन् । आजको गोरखापत्र दैनिकमा लोकेन्द्र जोशीले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ७ : ०२ बजे

होर्मुज जलमार्ग बन्द गर्ने इरानको घोषणा, अमेरिकाले थप सैन्य कारबाही थालेको दाबी

काठमाडौं । इरानले अर्को सूचना नभएसम्मका लागि ‘स्ट्रेट अफ होर्मुज’

वनफूलले सिँगारिएको ढोरपाटन

ढोरपाटन । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै राता,

मनसुन सक्रिय : केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आगामी दुई

नर्वेलाई पराजित गर्दै इंग्ल्यान्ड विश्वकप फुटबलको सेमिफाइनलमा

काठमाडौं । जुड बेलिंघमको उत्कृष्ट प्रदर्शनमा इंग्ल्यान्ड नर्वेलाई २-१ ले

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली । यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन