२० चैत्र २०८२, शुक्रबार | April 4, 2026

शिक्षकहरुले राजनीति गर्नुहुन्न भन्नु राजनीतिक सिस्टमलाई कमजोर पार्नु हो : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राजनीतिक र सामाजिक क्रान्तिमा शिक्षकहरुको ठूलो योगदान रहेको बताएका छन् ।

अखिल नेपाल शिक्षक संगठन एकताको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै दाहालले भने, ‘नेपालमा जति पनि पार्टी छन् शिक्षककै योगदानका दल छन् । सबभन्दा धेरै गाउँमा मजदुर किसानसँग एकाकार भएर राजनीतिक दलहरुलाई स्थापित गराउने, राजनीतिक नीति कार्यक्रमलाई जनताको बीचमा लैजाने शिक्षकहरु नै हुन्,’ उनले भने ।

दाहालले शिक्षकहरुले राजनीति गर्नु हुन्न भन्नु राजनीतिक प्रणालीलाई कमजोर पार्नु भएको बताए । ‘अब शिक्षकहरुले राजनीतिक गर्नुहुन्न भनिदिए पछि राजनीतिक सिस्टमलाई नै कमजोर पार्ने नीति बाहेक केही होइन,’ उनले भने, ‘शिक्षकहरु अझ सक्रियताका साथ समाजसेवा, सामाजिक र राजनीतिक रुपान्तरणमा लाग्नुपर्छ । अनिमात्र सामाजिक रुपान्तरणमा देशमा लैजान सकिन्छ ।’

राणाकालदेखि त्यसपछिका आन्दोलनलाई जनव्यापी बनाउने कुरामा शिक्षकहरुको भूमिका रहेको उनको भनाइ छ ।

‘शिक्षकहरुलाई राज्यले सेवा सुविधा सम्मान अनुसन्धानमा सहभागी गराउनुपर्छ । हामीकहाँ उल्टो छ । सबैभन्दा बढी विभेदमा पारिएको छ । त्यहीँ भएर राजनीतिक क्रान्तिलाई साथ दिएको मजदुर र श्रमजीवीलाई साथ दिएर क्रान्तिकारी भएको हो । राज्यले साथ नदिएपछि क्रान्तिमा आउनुपरेको छ । शिक्षकलाई सबैभन्दा बढी सेवा सुविधा दिने व्यवस्था गर्नुपर्छ,’ उनले भने ।

अब समाजवादी क्रान्तिको नयाँ चरणमा शिक्षकहरुले अझ सशक्त रुपमा समाजवादी रुपान्तरणका लागि भूमिका खेल्नुपर्ने उनको भनाइ छ । ‘अहिले पनि हाम्रा समस्या जहाँका त्यहीँ छैन । परिवर्तनको उपलब्धी महसुस गर्न पाएको छैन । अनुहार फेरिएका छन् । सिस्टम त्यहीँ छ । अर्कालाई प्रधानमन्त्री बनाउँदै पुर्‍याउँदै स्थिति भयो । क्रान्ति गर्ने बाहिर छ । त्यसकारण अझ डटेर जानुपर्छ,’ उनले भने ।

शिक्षकहरुको आत्मसम्मानका लागि अझै पनि एउटा लडाइ लड्नुपर्ने र शान्तिपूर्ण ढंगले समाजवादी आन्दोलनलाई अगाडि बढाउनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ४ : १९ बजे

यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट ९ जना बिचौलिया प्रहरी नियन्त्रणमा

नेपालगन्ज । यातायात व्यवस्था कार्यालय, नेपालगन्जबाट सेवाग्राहीबाट पैसालिएर मध्यस्तता गरिदिने

एमाले सचिवालय बैठक : ‘बादल’को वक्तब्य सच्याइयो, प्रधानमन्त्रीलाई औपचारिक बधाई

काठमाडौँ । नेकपा (एमाले) गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

यूएईको अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष खस्दा सात नेपाली घाइते

काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष

नापी कार्यालय भैरहवाबाट दुई जना विचौलिया पक्राउ

भैरहवा । नापी कार्यालय भैरहवा परिसरबाट प्रहरीले दुई जना विचौलियालाई

दोस्रो सौभाग्य कपमा विजयी हुदै सम्पूर्ण क्लब क्वाटरफाईनलमा प्रवेश

बुटवल । सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२