२० बैशाख २०८१, बिहिबार | May 2, 2024

ताइवानको स्वतन्त्रताबारे नबोल्न अमेरकालाई चीनको अर्को चेतावनी



एजेन्सी । चीनले ताइवानलाई अनावश्यक महत्व नदिन र उसको स्वतन्त्रताबारे नबोल्न अमेरिकालाई चेतावनी दिएको छ ।

लोकतन्त्रका लागि अमेरिकाले आयोजना गरेको शिखर सम्मेलनमा ताइवानलाई निम्तो दिएपछि चीनले सो चेतावनी दिएको हो ।

अमेरिकी निम्तोको कडा शब्दमा विरोध गर्दै चीनका विदेश मन्त्रालयका प्रवत्ता झाओ लिजियानले अमेरिका एक चीन नीतिप्रति प्रतिबद्ध हुनु पर्ने सुझाव दिएका छन् ।

यही ९ र १० डिसेम्बरमा आयोजना हुने भर्चुअल सम्मेलनमा अमेरिकाले ताइवानसहित ११० देशलाई बोलाएको छ । तर, चीन, रुस, अफगानिस्तानलगायत केही देशलाई भने बोलाएको छैन् । ताइवानले अमेरिकी निम्तोको स्वागत गर्दै उसले वर्षौंदेखि प्रजातान्त्रिक मूल्य र मानव अधिकारको रक्षा गर्दै आएको जनाएको छ ।

चीनका दर्जनौं लडाकु जहाज ताइवानको सुरक्षा क्षेत्रनजिक उडेपछि ताइवान र चीनबीचको तनाब बढिरहेको छ । विवादमा अमेरिका पनि तानिएको छ । ताइवानको सुरक्षा क्षेत्रमा चीन गैरकानुनी ढंगले प्रवेश गरेको भन्दै अमेरिकाले त्यसको विरोध गर्दै आएको छ । चीनले ताइवानलाई हमला गरे त्यसको प्रतिकार गर्ने अमेरिकाले बताउँदै आएको छ ।

केही साताअघि अमेरिकी सांसदहरुको एउटा प्रतिनिधिमन्डलले ताइवानको भ्रमण गरेको थियो । भ्रमणको चीनले विरोध गरेको थियो ।

चीनले ताइवानलाई आफ्नो अभिन्न क्षेत्रको रुपमा व्यवहार गर्दै आएको छ । तर, ताइवानले आफूलाई सधै स्वतन्त्र र सार्वभौम मुलुक सम्झन्छ ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहिबार  ७ : ४७ बजे

सन्दीप भन्छन्- ममाथि षड्यन्त्र भयो, यसमा संलग्नको नाम सार्बजनिक गर्छु

काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले

सूचना प्रविधि क्षेत्रमा लगानी बढाउन सरकार दृढतापूर्वक लागेको छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना

बुटवलमा आजदेखि अन्डर यू-१४ टी-२० क्रिकेट प्रतियोगिता

बुटवल । बुटवलमा अन्डर यू-१४ टी-२० क्रिकेट प्रतियोगिता आजदेखि सुरु

पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता : चार पालिका विजयी

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको पालिकास्तरीय दोस्रो

प्रचण्ड गर्मीमा ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी । अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२