२० चैत्र २०८२, शुक्रबार | April 4, 2026

ताइवानको स्वतन्त्रताबारे नबोल्न अमेरकालाई चीनको अर्को चेतावनी



एजेन्सी । चीनले ताइवानलाई अनावश्यक महत्व नदिन र उसको स्वतन्त्रताबारे नबोल्न अमेरिकालाई चेतावनी दिएको छ ।

लोकतन्त्रका लागि अमेरिकाले आयोजना गरेको शिखर सम्मेलनमा ताइवानलाई निम्तो दिएपछि चीनले सो चेतावनी दिएको हो ।

अमेरिकी निम्तोको कडा शब्दमा विरोध गर्दै चीनका विदेश मन्त्रालयका प्रवत्ता झाओ लिजियानले अमेरिका एक चीन नीतिप्रति प्रतिबद्ध हुनु पर्ने सुझाव दिएका छन् ।

यही ९ र १० डिसेम्बरमा आयोजना हुने भर्चुअल सम्मेलनमा अमेरिकाले ताइवानसहित ११० देशलाई बोलाएको छ । तर, चीन, रुस, अफगानिस्तानलगायत केही देशलाई भने बोलाएको छैन् । ताइवानले अमेरिकी निम्तोको स्वागत गर्दै उसले वर्षौंदेखि प्रजातान्त्रिक मूल्य र मानव अधिकारको रक्षा गर्दै आएको जनाएको छ ।

चीनका दर्जनौं लडाकु जहाज ताइवानको सुरक्षा क्षेत्रनजिक उडेपछि ताइवान र चीनबीचको तनाब बढिरहेको छ । विवादमा अमेरिका पनि तानिएको छ । ताइवानको सुरक्षा क्षेत्रमा चीन गैरकानुनी ढंगले प्रवेश गरेको भन्दै अमेरिकाले त्यसको विरोध गर्दै आएको छ । चीनले ताइवानलाई हमला गरे त्यसको प्रतिकार गर्ने अमेरिकाले बताउँदै आएको छ ।

केही साताअघि अमेरिकी सांसदहरुको एउटा प्रतिनिधिमन्डलले ताइवानको भ्रमण गरेको थियो । भ्रमणको चीनले विरोध गरेको थियो ।

चीनले ताइवानलाई आफ्नो अभिन्न क्षेत्रको रुपमा व्यवहार गर्दै आएको छ । तर, ताइवानले आफूलाई सधै स्वतन्त्र र सार्वभौम मुलुक सम्झन्छ ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहिबार  ७ : ४७ बजे

यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट ९ जना बिचौलिया प्रहरी नियन्त्रणमा

नेपालगन्ज । यातायात व्यवस्था कार्यालय, नेपालगन्जबाट सेवाग्राहीबाट पैसालिएर मध्यस्तता गरिदिने

एमाले सचिवालय बैठक : ‘बादल’को वक्तब्य सच्याइयो, प्रधानमन्त्रीलाई औपचारिक बधाई

काठमाडौँ । नेकपा (एमाले) गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

यूएईको अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष खस्दा सात नेपाली घाइते

काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष

नापी कार्यालय भैरहवाबाट दुई जना विचौलिया पक्राउ

भैरहवा । नापी कार्यालय भैरहवा परिसरबाट प्रहरीले दुई जना विचौलियालाई

दोस्रो सौभाग्य कपमा विजयी हुदै सम्पूर्ण क्लब क्वाटरफाईनलमा प्रवेश

बुटवल । सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२