१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

देशभर चिसो बढ्यो : तराईमा तुवाँलो, आज यी क्षेत्रमा वर्षाको सम्भावना



काठमाडौं । बंगलादेश आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालको पूर्वी क्षेत्रमा परेको छ । शनिबार बिहान प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा बदली छ । तराईमा तुवाँलो लागेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्ला दिनमा काठमाडौं उपत्यकासहित मुलुकभर चिसो बढ्न थालेको छ । पछिल्लो २४ घन्टामा काठमाडौंको न्यूनतम तापक्रम ८।८ डिग्रीसेल्सियसमा झरेको छ । सबैभन्दा कम तापक्रम माइनस २।८ डिग्री रहेको छ ।

शनिबार दिउँसो प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनीका पहाडी भूभागमा बदली रहनेछ भने ती क्षेत्रका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना छ ।

राति प्रदेश १ र बागमतीका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ८ : २६ बजे

लैङ्गिक हिंसासम्बन्धी उजुरीमा अन्तरमन्त्रालय समन्वय

काठमाडौं । लैङ्गिक हिंसा, जातीय विभेद, छुवाछूत तथा सामाजिक बहिष्करणसम्बन्धी

लायन्स क्लब अफ बुटवल सयपत्रीद्वारा वृक्षरोपण

बुटवल । लायन्स क्लब अफ बुटवल सयपत्रीले सामाजिक उत्तरदायित्वका अभियान

झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व सङ्कलन

भद्रपुर । घरेलु तथा साना उद्योग कार्यालय झापाले गत आर्थिक

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रतिबन्ध लगाइएका

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

गण्डकी । कास्कीको अन्नपूर्ण गाउँपालिका-१० चानेमा गएको पहिरोका कारण पाँच