९ भदौ २०८३, मंगलबार | August 25, 2026

सौराहामा एमाले महाधिवेशनको बन्दसत्र सुरु हुँदै



काठमाडौं । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु हुन लागेको छ ।

महाधिवेशनको उद्घाटन शुक्रबार चितवनस्थित नारायणी नदी किनारमा भएकामा बन्दसत्र अहिले १० बजेपछि सौराहास्थित होलट सेभेन स्टारमा हुन लागेको हो ।

एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार बन्दसत्र बिहान १० बजेबाट सुरु हुनेछ । बन्दसत्रको उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओली तथा विदेशी अतिथिको सम्बोधन रहनेछ ।

एमाले महाधिवेशनमा विदेशी प्रतिनिधिमा भारत, बंगलादेश, श्रीलंकालगायत देशबाट नेता आएका छन् ।

बन्दसत्रबाट नयाँ नेतृत्व चयन हुनेछ । एमाले केन्द्रीय कमिटीको शुक्रबार रातिको बैठकले केन्द्रीय कमिटी ३०१ सदस्यीय बनाउने निर्णय गरिसकेको छ । त्यसैगरी, ९९ सदस्यीय पोलिट्ब्युरो बन्ने छ भने स्थायी कमिटी ४५ सदस्यीय हुनेछ ।

सचिवालयको आकार बढाएर १९ सदस्यीय बनाइएको छ । अब एमालेमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष महासचिव एकरएक जना हुनेछन् भने उपाध्यक्ष ६ जना रहनेछन् ।

उपमहासचिव र सचिवको संख्या क्रमशः ३ र ७ कायम गरिएको छ । महाधिवेशन आइतबारसम्म चल्नेछ ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  १० : १३ बजे

नाडाको उद्घाटन गर्दै उपराष्ट्रपतिले भने – अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड

१५औँ महाधिवेशन रोक्न देउवा र खड्काद्वारा सर्वोच्चमा निवेदन दर्ता

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न माग गर्दै

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

काठमाडौँ । वर्षासँगै आएको बाढी, पहिरो, सडकमा लेदो तथा नदी

गण्डकी प्रदेश सरकारबाट एमालेका मन्त्री फिर्ता बोलाउने निर्णय

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय