८ भदौ २०८३, सोमबार | August 24, 2026

ओलीसँग अन्तिमसम्म किन भिडिरहे रावल ?



काठमाडौं । भीम रावललाई प्रष्ट थाहा छ, उनी चुनाव जित्दैनन् । तर, पनि अन्तिमसम्म पार्टी अध्यक्षमा उठ्ने अडान राखे । रावलकै अडानका कारण एमालेको १० औं महाधिवेशन ‘सहमति’को बन्न सकेन। अध्यक्षलगायत पदाधिकारी र केन्द्रीय सदस्य छान्न चुनावी वातावरण बन्यो ।

आखिर रावलले केपी ओलीलाई सर्वसम्मत अध्यक्ष बन्न नदिने र चुनावमै भिड्ने अडान किन राखे त ? भन्ने जिज्ञासा पैदा भएका छन् । विगतमा माधव नेपाल निकट रावल ओली पार्टी अध्यक्ष भएपछि उनीसँग पनि निकट बने । त्यतिबेला नेपाल पक्षले बोलाएका गुटगत छलफल, बैठक र रणनीतिमा पनि रावल सहभागी हुँदैनथे ।

गुटको भेलामा किन नआएको भनेर प्रश्न गर्ने नेपाल पक्षलाई रावलको जवाफ हुन्थ्यो, ‘महाधिवेशनमा गुट हुन्छन् । त्यसपछि जो नेतृत्वमा आउँछ, उसलाई सघाउनुपर्छ ।’ मन जितेकै कारण ओली पहिलोपटक प्रधानमन्त्री हुँदा रावल उपप्रधान तथा रक्षामन्त्री बने ।

२०७५ जेठ ३ मा माओवादीसँगको पार्टी एकतापछि भने रावल र ओलीबीच सम्बन्ध राम्रो बनेन । ९ औं महाधिवेशनबाट सर्वाधिक मत ल्याएर उपाध्यक्ष जितेका रावलले त्यतिबेलाको पार्टीको शक्तिशाली एवं कार्यकारी बोर्ड (सचिवालय) मा नपरेपछि असन्तुष्टि जनाए ।

कुनै बेला ओलीसँग यति धेरै तिक्तता बढेको थियो कि, पार्टीमा ‘ओली र रावल’ को भेट नै हुँदैन होला भन्नेसम्मका अनुमान हुन्थे । आजको अन्नपूर्ण पोस्ट दैनिकमा नरेन्द्र साउदले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ७ : ४० बजे

बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

म्याग्दी । म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको

आफुलाई ‘हिन्दुविरोधी’ देखाउने प्रयासप्रति बाबुराम भट्टराईको गम्भीर आपत्ति

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई हिन्दुविरोधीका रूपमा चित्रित गर्ने

छिर्कनेमा पहिरोले सवारीसाधन आवतजावत गर्न असहज

तनहुँ । तनहुँको व्यास नगरपालिका-१२ छिर्कनेस्थित पृथ्वीराजमार्गमा पहिरो खस्दा यातायात

प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या-पूजा’

काभ्रेपलाञ्चोक । प्राचीन, धार्मिक एवं ऐतिहासिक सहर बनेपा । जहाँ

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज विश्वासको मत लिँदै

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले आज