२१ मंसिर २०८२, आइतबार | December 7, 2025

राष्ट्रिय राजनीतिमा पुनः उदाउलान् ओली ?



काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेशनबाट केपी शर्मा ओली दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन् ।

सर्वसम्मत अध्यक्ष हुने प्रयास असफल भएपछि मतदान प्रक्रियामा जाँदा उनी निवर्तमान उपाध्यक्ष भीम रावललाई फराकिलो मतले पराजित गर्दै निर्वाचित भएका हुन् ।

बुटवलमा सम्पन्न आठौं महाधिवेशनमा झलनाथ खनालसँग अध्यक्षमा पराजित भएका ओली काठमाडौंमा सम्पन्न नवौं महाधिवेशनमा माधवकुमार नेपाललाई झिनो मतले पराजित गर्दै शीर्ष नेतृत्वमा निर्वाचित भएका थिए । नवौं महाधिवेशनमा ओली अध्यक्षमा विजयी भए पनि केन्द्रीय पदाधिकारीमा उनी र नेपाल पक्षीयको संख्या बराबरजस्तै थियो ।

दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुँदै गर्दा ओली पार्टीभित्र शक्तिशाली नेताका रूपमा उदाएका छन् । रावल, घनश्याम भुसाल, भीम आचार्यलगायतका नेताले आफ्नै तजबिजमा सबै पदाधिकारी चयन गर्ने ओलीको चाहना पूरा हुन नदिए पनि मत संख्याको हिसाबले उनीहरू कमजोर देखिए ।

नवौं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएसँगै सरकारको नेतृत्वमा पुगेका ओलीका लागि २०७२ मा भारतले लगाएको नाकाबन्दी पार्टी र राष्ट्रिय राजनीतिमा प्रभाव विस्तार गर्ने अवसर बन्यो ।

नाकाबन्दीविरुद्ध लिएको अडानले महाकाली सन्धिसँग जोडेर उनका बारेमा हुने आलोचनालाई छायामा पार्‍यो,सँगसँगै ओलीको राष्ट्रवादी छवि निर्माण भयो । लामो समयसम्म निर्णय गर्न नसक्ने पार्टीको परिचय बनाएको एमाले ओली नेतृत्वमा आएपछि सक्रियमात्र बनेन,२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनलाई समेत चुनौती दियो ।

प्रदेश तथा संघीय निर्वाचनमा तेस्रो ठूलो दल माओवादीसँग गठबन्धन गरेर झन्डै दुईतिहाइ स्थान हासिल गरेपछि ओलीकै नेतृत्वमा एमाले र माओवादी केन्द्रबीच एकीकरणसमेत हुन पुग्यो । पार्टी र सरकारमा समेत शक्तिशाली बनेका ओलीले दोस्रो पटक सरकार प्रमुख र नेकपाको अध्यक्षका रूपमा भने प्रभावकारी भूमिका खेल्न सकेनन् ।

झन्डै दुईतिहाइ नेतृत्वको सरकारले जनपक्षीय काम गर्न चुक्दै गयो भने पार्टीभित्रको विवाद मिलाउने मामिलामा ओली सफल हुन सकेनन् । जसले गर्दा उनलाई नेकपाको बहुमतले अध्यक्षबाट हटाउनेसम्मको निर्णय गर्‍यो । झन्डै राजनीतिक जीवनबाट पाखा लागेका उनी अदालतले एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि एमालेभित्र पुनः शक्तिशाली बन्न सफल भए ।

१० औं महाधिवेशनमा ओलीले नेतृत्व चयन प्रक्रिया आफ्नो चाहनाअनुसार बनाउन नसके पनि सबै पदाधिकारी अनुकूलका भएका कारण पार्टीमा काम गर्न अप्ठेरो हुनेछैन । तर लामो समय राजनीतिक साझेदारी गर्दै आएका माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम तथा छोटो समयका सहकर्मी पुष्पकमल दाहाल यति बेला उनको साथमा छैनन् । आजको नागरिक दैनिकमा वसन्त खड्काले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ७ : ५१ बजे

किशोर किशोरी डिजिटल पार्क सञ्चालन गर्दै बागमती प्रदेश स्वास्थ्य मन्त्रालय

भक्तपुर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सुरक्षित व्यवहार

सुनको मूल्य तोलामा दुई लाख ५२ हजार २०० कायम

काठमाडौं । शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

गृहजिल्लामा जनार्दन शर्मा विरुद्ध कालोझण्डा प्रदर्शन

काठमाडौं । पूर्वमाओवादी नेता जनार्दन शर्मालाई गृहजिल्ला रुकुम पश्चिममा उनका

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

प्रतिनिधि छनौटमा पाखुरा सुर्किएको भन्दै गोकुल बास्कोटा भन्छन् – ‘घातक संस्कार हुर्कन दिन हुँदैन’

काठमाडौं । नेकपा एमालेको महाधिवेशनअघिको प्रतिनिधि छनौट प्रक्रिया देशका विभिन्न