८ बैशाख २०८३, मंगलबार | April 21, 2026

प्रेस सेन्टरको राष्ट्रिय सम्मेलन चितवनमा



चितवन । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय सम्मेलन यही मङ्सिर १८ र १९ गते चितवनमा हुने भएको छ ।

राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा पु-याइएको सो संगठनले जनाएको छ ।

प्रेस सेन्टरका केन्द्रीय कोषाध्यक्ष सुरेशचन्द्र अधिकारीका अनुसार सम्मेलनमा ९०० हाराहारी प्रतिनिधि सहभागी हुने छन् । अधिकारीका अनुसार सम्मेलनमा ७७ जिल्ला, उपत्यका, एशोसिएट र प्रतिष्ठानका प्रतिनिधि सहभागी हुनेछन् । यसैगरी भारत, अमेरिका, बेलायत, मध्यपूर्वी खाडी शाखाबाट समेत प्रतिनिधि सहभागी हुने अधिकारीले जानकारी दिए।

राष्ट्रिय सम्मेलनको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलनले विधान संशोधनसँगै तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने छ ।

हाल सेन्टरको केन्द्रीय समितिमा २६० सदस्य छन् । अधिकारीका अनुसार विधान संशोधन गरेर यो सङ्ख्या घटाउने तयारी गरिएको छ । सम्मेलनमा सहभागी शुक्रबार आउने छन् । सहभागीलाई भरतपुर र गैँडाकोटका होटलमा राखिने बताइएको छ । केन्द्रीय समितिका पदाधिकारी एवं सदस्य आजबाटै आउन सुरु गर्ने सेन्टरले जनाएको छ । सेन्टरको तेस्रो सम्मेलन काठमाडौंमा भएको थियो ।

पार्टीका अध्यक्ष प्रचण्डको गृह जिल्ला भएकाले सम्मेलन चितवनमा गर्न लागिएको हो ।

हालै मात्र चितवनमा नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन र नेकपा मालेको केन्द्रीय महाधिवेशन सम्पन्न भएको छ ।

राष्ट्रियस्तरका महाधिवेशन र सम्मेलन यहाँ भएसँगै आर्थिक क्षेत्र चलायमान हुने व्यवसायीले जनाएका छन् । -रासस

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  ११ : १७ बजे

निकाय खारेज होइन, सुधारमार्फत सुदृढीकरण गर्ने प्रधानमन्त्री शाहको स्पष्टता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति

गीता पाण्डे मृत्यु प्रकरण : आफन्तद्वारा अस्पताल घेराउ, चिकित्सकमाथि कारबाहीको माग

बुटवल । चिकित्सकको लापरबाहीका कारण एक महिलाको मृत्यु भएको आरोप

बुटवलमा बजार व्यवस्थापनमा कडाइ : सडकपेटी र पार्किङ नियन्त्रण गर्ने

बुटवल । बुटवल उपमहानगरपालिकाले बजार क्षेत्रको सडकपेटी अतिक्रमण, अव्यवस्थित पार्किङ

बुटवलमा ‘एटिएस एप’ सार्वजनिक, सवारी सुरक्षा र पार्किङ व्यवस्थापनमा सहयोगी हुने दाबी

बुटवल । सवारी साधनको सुरक्षा र पार्किङ समस्यालाई समाधान गर्ने

रवि लामिछानेको सांसद पद निलम्बन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई