२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

प्रेस सेन्टरको राष्ट्रिय सम्मेलन चितवनमा



चितवन । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय सम्मेलन यही मङ्सिर १८ र १९ गते चितवनमा हुने भएको छ ।

राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा पु-याइएको सो संगठनले जनाएको छ ।

प्रेस सेन्टरका केन्द्रीय कोषाध्यक्ष सुरेशचन्द्र अधिकारीका अनुसार सम्मेलनमा ९०० हाराहारी प्रतिनिधि सहभागी हुने छन् । अधिकारीका अनुसार सम्मेलनमा ७७ जिल्ला, उपत्यका, एशोसिएट र प्रतिष्ठानका प्रतिनिधि सहभागी हुनेछन् । यसैगरी भारत, अमेरिका, बेलायत, मध्यपूर्वी खाडी शाखाबाट समेत प्रतिनिधि सहभागी हुने अधिकारीले जानकारी दिए।

राष्ट्रिय सम्मेलनको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलनले विधान संशोधनसँगै तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने छ ।

हाल सेन्टरको केन्द्रीय समितिमा २६० सदस्य छन् । अधिकारीका अनुसार विधान संशोधन गरेर यो सङ्ख्या घटाउने तयारी गरिएको छ । सम्मेलनमा सहभागी शुक्रबार आउने छन् । सहभागीलाई भरतपुर र गैँडाकोटका होटलमा राखिने बताइएको छ । केन्द्रीय समितिका पदाधिकारी एवं सदस्य आजबाटै आउन सुरु गर्ने सेन्टरले जनाएको छ । सेन्टरको तेस्रो सम्मेलन काठमाडौंमा भएको थियो ।

पार्टीका अध्यक्ष प्रचण्डको गृह जिल्ला भएकाले सम्मेलन चितवनमा गर्न लागिएको हो ।

हालै मात्र चितवनमा नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन र नेकपा मालेको केन्द्रीय महाधिवेशन सम्पन्न भएको छ ।

राष्ट्रियस्तरका महाधिवेशन र सम्मेलन यहाँ भएसँगै आर्थिक क्षेत्र चलायमान हुने व्यवसायीले जनाएका छन् । -रासस

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  ११ : १७ बजे

विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान गरेर शिक्षा दिन सके शैक्षिक क्षेत्रमा गुणात्मक विकास हुने

बर्दिया । विद्यालयमा अध्ययनरत विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान

एक सय रुपैयाँको नोटमा सरकारले नेपालको नयाँ नक्सा छाप्ने

काठमाडौं । सरकारले चलनचल्तीमा रहेको एक सय रुपैयाँ दरको नोटको

झापामा १२को परीक्षा दिएर फर्किदै गरेकी छात्रामाथि गोली प्रहार

झापा। झापाको दमक स्थित हिमालय माध्यमिक विद्यालयमा परीक्षा दिएर फर्कदै

महानगरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढीले पाए रोजगारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३०

नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास

आजको डिजिटल युगमा डिजिटल माध्यमको प्रयोगसँगै साइबर अपराध समेतको बढ्दो