२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

भन्सार छलेर नेपाल भित्राइएको ठुलो परिमाणको जुत्ता रुपन्देही प्रहरीबाट बरामद



बुटवल । रुपन्देही प्रहरीले भन्सार छलेर नेपाल भित्राइएको ठुलो परिमाणको जुत्ता बरामद गरेको छ । आईतबार बिहान बुटवल उपमहानगरपालिका २ तिनाउ पुलबाट प्रहरीले १८ लाख मुल्य बराबरको जुत्ता बुरामद गरेको प्रहरीले जनाएको छ ।

गोप्य सूचनाका आधारमा परिचालन गरिएको प्रहरीले तिनाउ पुलमा चेकजाँच गर्ने क्रममा लु १ च ८२१३ नम्बरको बोलेरो जीपमा जुत्ता लोड गरेर बुटवल तर्फ ल्याइँदै गरेको अवस्थामा फेला पारेको रुपन्देही प्रहरी प्रवक्ता नायव प्रहरी उपरिक्षक नवरत्न पौडेलले जानकारी दिए । चेकजाँचका क्रममा जुत्ताको बिल बिजक तथा भन्सार कागज समेत नभेटिएपछि प्रहरीले जीपका चालक सैनामैना ४ मुर्गियाका विष्णु थारुलाई समेत पक्राउ गरिएको उनले बताए ।

प्रहरीका अनुसार सो जीपमा बाटा कम्पनीको भारतीय ट्रेडमार्क सहितको २५ कार्टुन ७५० जोर अन्दाजी मुल्य १८ लाख बराबरको जुत्ताहरु फेला परेको थियो । पक्राउ परेका चालक, सवारी साधन र जुत्ता समेत आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बेलहिया रुपन्देही पठाईएको प्रहरीले जनाएको छ ।

 

 

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ३ : १४ बजे

सूर्य नेपालको ‘टोफिचो तड्का इमिली’ बजारमा

काठमाडौं । नेपालकै अग्रणी व्यवसायिक संस्था, सूर्य नेपाल प्रा. लि.

वर्षाले केही घट्यो वायु प्रदूषण

काठमाडौं । मुलुकका विभिन्न स्थानमा हिजोदेखि सुरु भएको वर्षासँगै काठमाडौँ

भारतको झारखण्डका सचिवको घरबाट ३५ करोड भारु बरामद

काठमाडौं । भारतको झारखण्डका ग्रामीण विकास र संसदीय मामिला मन्त्री

शैक्षिक क्षेत्रमा भएको सिन्डिकेट तोड्छौँ : मन्त्री गंगा श्रेष्ठ

सिन्धुली । बागमती प्रदेश सरकारका प्रवक्ता, आन्तरिक मामिला तथा कानुन

म विरुद्ध छानबिन समिति बनाउने कुनै आधार छैन- गृहमन्त्री लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले