१९ माघ २०८२, सोमबार | February 2, 2026

समयमा योजना सम्पन्न गराउन नीतिगत सुधार आवश्यक : मुख्यमन्त्री केसी



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले नीतिगत कमी कमजोरीका कारण निर्धारीत समयमा योजना सम्पन्न नहुने र सुरुको लागत अनुमानभन्दा ६ गुणासम्म बढ्ने गरेको बताएका छन् । लुम्बिनी प्रदेश योजना आयोगद्धारा बुटवलमा आयोजित दुई दिने योजना सम्मेलन २०७८ को उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले समयमै योजना सम्पन्न गर्न र अनावस्यक लागत बढ्न नदिन नीतिगत सुधार आवस्यक रहेको बताएका हुन् ।

जनप्रतिनिधि तथा राजनीतिक दल,कर्मचारी संयन्त्र र तीनै तहका सरकारबीच सहमति,सहकार्य र समन्वय गरेर अगाडि बढेमात्रै योजना सफल हुने भन्दै उनले प्रदेश सरकार त्यसका लागि तयार रहेको बताए । मुलुकमा राजनीतिक परिवर्तन भए पनि आम नेपाली जनताले त्यसबाट आशातित लाभ लिन नसकेको भन्दै मुख्यमन्त्री केसीले एक अर्कालाई दोषारोपण गरेर उम्कने छुट कसैलाई नभएको बताए ।

सुन्दा आनन्द लाग्ने राम्रो भाषण गरेर र कागजी रुपमा राम्रा योजना बनाएर मात्रै केही नहुने भन्दै उनले अब जनताले परिवर्तनको अनुभूती गर्नेगरी परिणममुखी काम गरेर देखाउने बेला आएको बताए ।

उचित वित्त ब्यवस्थापननै मुलुकको समृद्धिको आधार भएको बताउदै मुख्यमन्त्री केसीले जनताको आवस्यकता र औचित्यताको आधारमा वित्तीय व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।

प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षत्रीको अध्यक्षता भएको कार्यक्रममा लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्का,राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्वनाथ पौडेल, गण्डकी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. रघुराम काफ्ले,प्रदेश नं २ का प्रदेश योजना आयोगका उपाध्यक्ष डा.भोगेन्द्र झा, लगायतले आ आफ्नो भनाई राखेका थिए ।

राष्ट्रिय योजना आयोग र सातै प्रदेशका योजना आयोगका पदाधिकारी,सचिब तथा अधिकारीहरुको सहभागिता रहेको योजना सम्मेलनमा राष्ट्रिय योजना आयोगका सचिब केवल प्रसाद भण्डारीले ‘प्रादेशिक योजना तथा बजेट तर्जुमा,परियोजना बैंक र सम्भाव्य लगानीका क्षेत्रहरु,तहगत समन्वयः समस्या,चुनौती र भावी कार्यदिशा’ बिषयक प्रस्तुती गरेका थिए ।

सो अवसरमा राष्ट्रिय योजना आयोगबाट निर्माण भएको एमटीइएफ,परियोजना बैंक र वित्तीय हस्तान्तरण सम्बन्धी विद्युतीय प्रणाली सबै प्रदेश योजना आयोगहरुलाई हस्तान्तरण गरिएको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ११ : ०२ बजे

नेपालमा बोलिने सबै भाषा हाम्रा सम्पत्ति हुन्, कुनैलाई पनि मर्न दिनुहुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा बोलिने भाषाहरू हाम्रा सम्पत्ति

नेकपाको निर्वाचन परिचालन सचिवालय बैठक सम्पन्न, माघ २२ मा केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को निर्वाचन परिचालन समितिको

नेपालमा निपाह भाइरसको जोखिम न्यून भए पनि सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । छिमेकी देशमा देखिएको निपाह भाइरसका सङ्क्रमणको जोखिम नेपालमा

जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट

बुटवल । नेकपा एमालेका उपाध्यक्ष गोकर्ण विष्टले निर्वाचन लक्षित कार्यक्रममा

‘क्यासिनो पर्यटनको हब बन्दै भैरहवा बजार’

भैरहवा । रुपन्देहीको सदरमुकाम भैरहवामा पछिल्लो समय क्यासिनो पर्यटनका कारण