१ कार्तिक २०८३, शनिबार | October 17, 2026

नेपाल स्काउटको संयोजकमा रबिन दाहाल : प्रत्येक विद्यालयमा स्काउट विस्तार गर्न युवा तथा खेलकुद मन्त्रीको निर्देशन



काठमाडौं । नेपाल स्काउटको राष्ट्रिय तदर्थ समितिको संयोजकमा रबिन दाहाल नियुक्त भएका छन् । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथकले मन्त्रीस्तरीय बैठकबाट दाहाललाई संयोजकमा नियुक्त गरेका हुन् ।

२०७८ मंसिर १९ को मन्त्री स्तरीय निर्णय अनुसार स्काउटको तदर्थ समिति संयोजकमा नियुक्त भएका दाहाललाई स्काउटको प्रमुख आयुक्तको जिम्मेवारी समेत दिईएको छ । त्यसैगरी सहसंयोजकमा राजीव खत्री नियुक्त भएका छन् । खत्रीलाई स्काउटको तालिम आयुक्तको जिम्मेवारी समेत दिईएको छ ।

स्काउटको सदस्यहरुमा बबिता कटुवाल, बिजय किशोर झा, हरि बहादुर श्रेष्ठ, केशव महर्जन, रामचरित्र ठाकुर, सन्तोष कुमार थापा, शिब प्रसाद बराल, रमिला नगरकोटी, गायत्री शर्मा, दिपक अर्याल, तिलक खत्री, जुपिटर कुँवर र देउमल सुनारलाई नियुक्त गरिएको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । नव नियुक्त कटुवालले संगठन आयुक्तको जिम्मेवारी पाएका छन् ।

नवनियुक्त पदाधिकारीहरुलाई नेपाल स्काउटका प्रमुख तथा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले सोमबार सपथ खुवाए । मन्त्रालयको सभाहलमा भएको सपथ ग्रहण कार्यक्रममा मन्त्री अथकले नवनियुक्त पदाधिकारीहरुलाई सपथ खुवाउँदै स्काउटको अन्तराष्ट्रिय मुल्य मान्यताको परिधीमा रहि कर्तब्य निर्वाह गर्न निर्देशन समेत दिए ।

स्काउट जस्तो मर्यादित संस्थाको मुल्य मान्यतालाई कायम राख्दै मर्यादिन, अनुशासीत तथा देशभक्त समाज निर्माणकालागि अग्रणी भुमिका खेल्न मन्त्री अथकले नवनियुक्त पदाधिकारी तथा सदस्यहरुलाई निर्देशन दिए । सबै सामुदायिक विद्यालयमा स्काउट विस्तार गरी प्रत्येक घरमा कम्तिमा एक जना स्काउट उत्पादन गर्न सके युवा पुस्तामा सकारात्मक धारणाको विकास गर्न सकिने मन्त्री अथकले बताए ।

समितिलाई १ वर्षभित्र निर्वाचन गराउने जिम्मेवारी समेत तोकिएको छ ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ९ : ५६ बजे

तातोपानी नाका तीन दिन खुल्ने

काठमाडौं । तातोपानी नाका तीन खुल्ने भएको छ । यही

पत्रकार किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै साइबर ब्युरो लगियो

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै

दसैँको भोजमा मासु कति खाने ? धेरै खाँदा हुन सक्छ यस्तो असर

काठमाडौं । दसैँमा परिवार र आफन्तसँग बसेर विभिन्न परिकारका मासु

कांग्रेस सभापति गगन थापाले आज शपथग्रहण गर्दै

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले आज शनिबार

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जनालाई पक्राउ