१७ बैशाख २०८१, सोमबार | April 29, 2024

प्रदेशवासीको स्वास्थ्य र शिक्षा प्रदेश सरकारको पहिलो प्राथमिकता : मुख्यमन्त्री केसी



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशवासीलाइ समृद्ध बनाउनको जनताको स्वाथ्य र शिक्षालाई प्रदेश सरकारले पहिलो प्राथमिकता दिएको बताएका छन् । यूके डेलिगेट्सका इन्डो पेसिविक डाइरेक्टर बेन मिलरको टोलीसँग सिष्टाचार भेटघाटको क्रममा बोल्दै मुख्यमन्त्री केसीले दातृ निकायबाट पनि प्रदेश सरकारले प्रदेशवासीको स्वास्थ्य र शिक्षामा सहयोगको अपेक्षा गरेको बताए ।

मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेशका धेरै नागरिकले युकेमा रोजगार एवं बसोबास गरिरहको उल्लेख गर्दै ती नागरिकको लागि सकरात्मक कार्य गरी दिन डाइरेक्टर बेनलाई आग्रह गरे । उनले प्रदेश सरकार सधै यूकेका नागरिक र सरकारसँग सकरात्मक समन्धको अपेक्षा गरेको समेत बताए ।

उनले लुम्बिनी प्रदेशमा स्वास्थ्य, शिक्षा, जलवायू, शुसासनलाई बढी ध्यान दिएर अगाडि बढाउनु पर्ने आवश्यकता रहेको औंल्याउँदै ती क्षेत्रको विकासका लागि प्रदेश सरकारको नीति र आचार संहितामा रहेर युके सरकारसँग सहयोगको अपेक्षा गरिएको बताए ।

भेटको क्रममा यूके डेलिगेट्सका इन्डो पेसिविक डाइरेक्टर बेनले मुख्यमन्त्रीले राखेको प्रस्तावमा शिक्षा, स्वास्थ्य, जलवायू, शान्ति सुरक्षा लगायतको विषयमा सहयोग र सहकार्य गरी अगाडि बढ्नका लागि सरकारसँग छलफल गरी टुङ्गोमा पु¥याउने प्रतिबद्धता व्यक्त गरे । बेनले प्रदेश सरकारसँग हातेमालो गरी प्रदेशको विकासमा सहयोग र सहकार्यताका लागि आफूहरु सधै खुला रहेको बताए ।

उनले जितगढी किल्लामा भएको नेपाल अंग्रेज युद्धको प्रसंग स्मरण गर्दै आफ्नो पराजयको क्षेत्र भए पनि पछिल्ला चरणमा निकै आत्मीयता पूर्वक नेपाल सरकारसँग काम भइरहेको बताए ।

भेटगाटमा यूके डेलिगेट्सका इन्डो पेसिविक उप निर्देशक क्यामिला सुग्देन, यूके एड नेपालका निर्देशक नालानेल बेवेन र बुटवल पिसी यू प्रमुख सन्तोष खतिवडा लगायतको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ८ : ४९ बजे

इलाम अपडेट : सुहाङ ५३ सय मतले अगाडि

काठमाडौं । इलाम क्षेत्र नम्बर-२ मा नेकपा (एमाले)का सुहाङ नेम्वाङले

रहेनन् ‘माइतीघर’ फिल्मका अभिनेता सीपी लोहनी

काठमाडौं । निजी क्षेत्रले निर्माण गरेको नेपालको पहिलो सिनेमा ‘माइतीघर’का

महोत्तरीमा दिनहुँजसो आगलागी

महोत्तरी । जारी वैशाखको दोस्रो साता सुरु भएयता महोत्तरीमा दिनदिनैजसो

रामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ

रामेछाप । रामेछापका विभिन्न सामुदयिक वनमा आगो लगाउँदै हिँड्ने एक

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले मुलुकको