२८ भदौ २०८३, आइतबार | September 13, 2026

थकालीचोकबाट अबैध सालको काठ सहित २ जना पक्राउ



बुटवल । रुपन्देही प्रहरीले रुपन्देहीको कञ्चन गाँउपालिका ४ थकालीचोकबाट अवैध सालको काठ सहित एकजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रुद्रपुरको टोलिले थकालीचोकबाट लु ३ च २४८१ नम्बरको बोलेरोमा चिरान सहितको सालको काठ लोड गरि लैजान लागेको अवस्थामा २ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा काठ भनी देवदह ६ केलीका विवेक गौतम र जीप चालक सन्त सिन्वाली मगर रहेका छन् । उनीहरुबाट सालको काठको तयारी झ्याल ६ थान, ७ फुटकोचिरान सालको काठ १८ थान, ६ फुटको चिरान काठ २० थान, ५ फुटको सालको चिरान काठ २४ थान, ४ फुटको सालको चिरान काठ ६ थान, ३ फुटको चिरान सालको काठ २४ थान, ५ फुटको चिरान सालको काठ २ थान गरीजम्मा १०० थान अन्दाजी ५७।६२ क्यूफिट काठ बरामद भएको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक नवरत्न पौडेलले जानकारी दिए । बरामद भएको काठको अनुमानित मुल्य ५ लाखको रहेको समेत उनले बताए । चेकजाँचका क्रममा काठ ओसार पसार गर्ने अनुमती भएको कुनै कागजात पेश गर्न नसकेपछि काठ सहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाई छ ।

पक्राउ परेका २ जना, काठ ओसारपसरारमा प्रयोग भएको जीप तथा बरामद भएको काठ थप अनुसन्धान र कारवाहीका लागि कञ्चन सव डिभिजन वन कार्यालय फायरलाईन रुपन्देहीमा पठाईएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ८ : ४६ बजे

बाढी-पहिरोले तीन प्रदेशका मुख्य राजमार्ग प्रभावित, कतै पूर्ण अवरुद्ध त कतै समयगत प्रतिबन्ध

काठमाडौं। बाढी र पहिरोका कारण कोशी, बागमती र गण्डकी प्रदेशका

सुदुरपश्चिमका मुख्यमन्त्री भट्टद्वारा अटवारी पर्वको शुभकामना

सुदूरपश्चिम । सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले थारू समुदायले परम्परागत रुपमा

वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक विस्तारको काम अन्तिम चरणमा पुगेको

प्रकाश दुतराजको लोकसङ्गीत साङ्गीतिक समूह

म्याग्दी । कलाकार प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट ‘ब्यान्ड’ (सामूहिक लोकसङ्गीत

सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

सुदूरपश्चिम । “सुदूरपश्चिम जडिबुटीको भण्डार नै हो । प्रदेशमा करिब