१० भदौ २०८३, बुधबार | August 26, 2026

एमाले बैठक : वरिष्ठ उपाध्यक्ष दाबी गरेका नेम्वाङलाई बादलपछिको वरियता



काठमाडौं । नेकपा एमालेले १० औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीको वरियता निर्धारण गरेको छ । चितवनमा सम्पन्न महाधिवेशनपछि बसेको दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकले १९ जना पदाधिकारीको वरियता निर्धारण गरेको हो।

आइतबार भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकले वरिययता निर्धारण गरेको हो ।

वरियताक्रम अनुसार अध्यक्ष केपी शर्मा ओलीपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल छन् । उपाध्यक्षमध्ये युवराज ज्ञवाली वरियताको पहिलो नम्बरमा छन् । त्यसपछि अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, रामबहादुर थापा, सुवासचन्द्र नेम्वाङ र सुरेन्द्र पाण्डे छन् ।

माओवादी केन्द्र छाडेर एमालेमा आएका बादल उपाध्यक्षको चौथो वरियतामा छन् भने महाधिवेशनमा वरिष्ठ उपाध्यक्षमा दाबी गरेका नेम्वाङ उनी भन्दा पछाडि छन् ।

३ जना उपमहासचिवमध्ये प्रदीप ज्ञवाली वरियताको पहिलो नम्बरमा छन्। त्यसपछि पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल छन्।

सचिवहरुमध्ये पूर्व माओवादी नेता टोपबहादुर सायमाझी र लेखकराज भट्ट पहिलो र दस्रोमा रहँदा त्यसपछि क्रमशस् रघुविर महासेठ, छविलाल विश्वकर्मा, गोकर्ण विष्ट, योगेश भट्टराई र पद्मा अर्याल रहेका छन्।

 

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ६ : ४७ बजे

बेपत्ताको खोजी र उद्धारमा सम्पूर्ण शक्ति परिचालन गर्न चिनियाँ राष्ट्रपति सीको निर्देशन

काठमाडौं । चीनको तिब्बततर्फबाट आएको बाढीले व्यापक जनधनको क्षति गरेपछि

रसुवा, नुवाकोट र धादिङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं । सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलाई तीन

भोटेकोशी बाढी : क्षति न्यूनीकरणका लागि चिनियाँ समकक्षी सुरक्षा निकायसँग सशस्त्र प्रहरीको संवाद

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावितलाई उद्धार

भोटेकोशीको बाढीले धादिङवेशी जाने फुर्केखोलाको पुल बगायो

काठमाडौं । भोटेकोशी नदीमा आएको ठूलो बाढीले धादिङ सदरमुकाम धादिङबेँसी

भोटेकोशी बाढीको जोखिम सुस्तासम्म

काठमाडौँ । भोटेकोशी बाढीको जोखिम सुस्तासम्म रहने पूर्वानुमान गरिएको छ