१३ पुस २०८२, आइतबार | December 28, 2025

कांग्रेस मतगणना अपडेट : चार हजार मत गणना, देउवालाई १९००, कोइरालालाई १४६७ मत प्राप्त



काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको पदाधिकारी चयनका लागि भएको सभापति पदका उम्मेदवारको जारी मतगणनामा शेरबहादुर देउवाको अग्रता कायमै छ ।

पछिल्लो विवरण अनुसार जम्मा चार हजार मतगणनामा शेरबहादुर देउवा १९००, शेखर कोइराला १४६७ मत प्राप्त भएको छ । त्यस्तै, प्रकाशमान सिंह २९६, बिमलेन्द्र निधि २३०, कल्याण गुरुङले २० मत छ ।

सोमबार मतदान भएकोमा आज बिहान पौने चार बजेबाट राष्ट्रिय सभा गृहमा सभापति पदको मतगणना भइरहेको हो । नयाँ नेतृत्व चयनका लागि ४ हजार ६७९ मत खसेको छ । मतदानमा ६४ जना अनुपस्थित भएका थिए ।

कांग्रेसको विधानअनुसार सभापति निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ । खसेको मतको आधारमा पहिलो चरणमै सभापति चुनिन २३४१ मत प्राप्त गर्नुपर्नेछ ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ८ : ४३ बजे

जेनजी आन्दोलनका सहिद ‘परिवारको मियो उखेलियो, अब केले सान्त्वना होला ?

काठमाडौं । “हाम्रो परिवारको मियो नै उखेलियो,” जेनजी आन्दोलनका सहिद

रसुवागढी नाकाको मितेरी पुलबाट आवतजावत सुरू

रसुवा । छ महिनादेखि बन्द रहेको रसुवागढी नाकामा आजदेखि आवतजावत

चिसोले महोत्तरीका विद्यालय बन्द

जलेश्वर । अत्यधिक जाडो भएपछि महोत्तरीका स्थानीय तहले विद्यालय बन्दको

ठमेलको क्यासिनो वाल्डोका अध्यक्ष पक्राउ

काठमाडौं । काठमाडौंको ठमेलस्थित क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष

सर्वपक्षीय बैठकपछि निर्वाचनको माहोल बनेको छ : सञ्चारमन्त्री खरेल

पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक पार्टी,