९ बैशाख २०८३, बुधबार | April 22, 2026

सांस्कृतिककर्मीहरुले अव समाजवादको भ्रुण निर्माण गर्ने अभियानको नेतृत्व गर्नुपर्छ : अर्थमन्त्री शर्मा



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रको समृद्धि, आत्मनिर्भरता र राष्ट्रिय स्वाधीनताका पक्षमा नयाँ जागरण पैदा गर्नुपर्ने बताएका छन् । बिहीबार जनसांस्कृतिक महासंघ नेपालको सातौँ राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले जनकलाकारहरूको कार्यभार राष्ट्रको समृद्धि र आत्मनिर्भरताको पक्षमा नयाँ जागरण ल्याउनु रहेको बताएका हुन् ।

जनसांस्कृतिक महासंघसँग दुई वटा कार्यभार रहेको उल्लेख गर्दै उनले भने, ‘एउटा राष्ट्रको समृद्धि, आत्मनिर्भरता र राष्ट्रिय स्वाधीनताका पक्षमा नयाँ जागरण पैदा गर्ने, त्यस्तै श्रम संस्कृति, आत्मनिर्भरताको संस्कृति स्थापना गर्ने रहेको छ । अर्को सामाजिक सांस्कृतिक रूपान्तरण गर्ने ।’ राजनीतिक परिवर्तनहरू भए पनि सामाजिक, सांस्कृतिक परिवर्तनमा धेरै समय लाग्ने बताउँदै मन्त्री शर्माले यसको परिवर्तनका लागि महासंघले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताए ।

उनले समाजमा विद्यमान रहेका विभेद तथा विसङ्गति अनि भ्रष्टाचारविरुद्ध लड्न सके मात्र समाजवादको पथ पहिल्याउन सकिने बताउँदै सांस्कृतिककर्मीहरुले सामुदायिक पुँजी निर्माण गरेर समाजवादको ‘भ्रुण’ निर्माण गर्नुपर्ने बताए । त्यसका लागि महासंघले आफ्नो जागरण मार्फत् नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने समेत औँल्याए । ‘समाजवादको जग हाल्नका लागि नारा मात्र भनेर हुँदैन’, उनले भने, ‘व्यक्तिगत प्रतिस्पर्धालाई नरोकी उत्पादनका साधन समुदायमा स्थापित हुने गरी समुदायको पुँजी निर्माण गरेर समाजवादको भ्रुण निर्माण गर्ने अभियानको नेतृत्व गर्नुपर्छ ।’

जनकलाकारहरूले सिर्जना गरेका सृजनाले नै दश वर्षे जनयुद्धलाई अगाडि बढाउन सहज गराएको स्मरण गर्दै मन्त्री शर्माले कलाकारहरूलाई पुनः नयाँ जिम्मेवारी आएको बताए । उनले जनकलाकारलाई श्रम संस्कृति, उत्पादन संस्कृति, रुपान्तरणको संस्कृति, सदाचारको संस्कृति एवम् सामूहिकताको संस्कृति स्थापित गर्न जागरण ल्याउने कार्यभार भएको बताए ।

प्रकाशित मिति : १ पुस २०७८, बिहिबार  ७ : ३० बजे

संघीय संसदको वर्षे अधिवेशन वैशाख १७ गते आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १७ गते बिहीबार

दीपक भट्ट र सुलभ अग्रवाललाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्ट र

नेपालले रुवाण्डालाई हरायो

काठमा । आइसिसी महिला ट्वान्टी च्यालेन्ज ट्रफीमा नेपालले आयोजक रुवाण्डालाई

प्रधानमन्त्रीले छलफलका लागि बोलाए सुरक्षा प्रमुखहरुलाई

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले गृहमन्त्री देशको सुरक्षा अवस्थाबारे छलफल

लुम्बिनी प्रदेशमा जीवनाशक विषादी व्यवस्थापन विधेयक सर्वसम्मत पारित

दाङ । लुम्बिनी प्रदेश सभाले प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा