२३ असार २०८३, मंगलबार | July 7, 2026

विवाद बढेपछि माओवादी केन्द्रको प्रदेश अधिवेशनको बन्दसत्र पुनः स्थगित



जनकपुरधाम । प्रतिनिधि छनोटमा विवाद भएपछि नेकपा (माओवादी केन्द्र) प्रदेश नं २ को अधिवेशनको बन्दसत्र स्थगन भएको छ ।

सर्लाहीको लालबन्दीमा आज हुने भनिएको अधिवेशनको बन्दसत्र आइतबार बिहान ११ बजेसम्मका लागि स्थगन गरिएको हो । अधिकांश जिल्लाबाट निर्धारित सङ्ख्याभन्दा बढी प्रतिनिधि आएपछि विवाद बढेकाले बन्दसत्र स्थगन गरिएको माओवादी केन्द्र प्रदेशका अध्यक्ष प्रल्हाद बुढाथोकीले जानकारी दिए।

“विभिन्न जिल्लाबाट तोकिएभन्दा बढी प्रतिनिधि आएर समस्या भएको छ”, अध्यक्ष बुढाथोकीले भने, “छलफलबाट प्रतिनिधि छनोटसम्बन्धी विवाद समाधानका लागि प्रयास गरिने र विवाद समाधान गरी आइतबार ११ बजेबाट बन्दसत्र हुन्छ ।” पार्टीका केन्द्रीय तथा जिल्ला तहका नेताबीचमा समस्या समाधानका लागि छलफल भइरहेकाले निकास निष्किने उनको भनाइ छ ।

खासगरी सप्तरीमा पार्टीभित्र तीव्र विवाद बढ्दै जाँदा अधिकांश पालिकामा सामानान्तर समिति बनेका छन् । त्यसैले कुन पक्षलाई आधिकारिक बनाउने भन्ने विवादले प्रदेश अधिवेशनको बन्दसत्र प्रभावित भएको सहभागी नेताले बताएका छन् ।

प्रदेश अधिवेशनबाट २४१ सदस्यीय प्रदेश समिति बनाउने गृहकार्य भएको छ । प्रत्येक पालिकाबाट एक जना प्रदेश समितिमा प्रतिनिधिमूलक रहने र प्रदेश तथा सङ्घीय निर्वाचन क्षेत्रलाई आधार बनाएर विगतको निर्वाचनबाट पार्टीलाई प्राप्त भएको मतानुसार प्रदेश समिति चयन गर्ने मापदण्ड बनाइएको छ ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ६ : ०६ बजे

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

काठमाडौं। ब्रिटिश एजुकेशन ग्रुप (BEG) अन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेज

गर्मी छल्न गाईखुरे झरनामा पर्यटकको भीड

लमजुङ । गर्मी छल्न र प्राकृतिक सौन्दर्यमा रमाउन चाहने आन्तरिक

प्राङ्गारिक उत्पादनलाई बजारीकरण गर्न बिक्री कक्ष

चितवन । चितवनमा उत्पादित प्राङ्गारिक कृषिजन्य उत्पादनको बजारीकरणका लागि बिक्री

एडिबीको सहयोग सन् २०२९ सम्म २.४ अर्ब अमेरिकी डलर पुग्ने

काठमाडौं । नेपालको सबैभन्दा ठूलो बहुपक्षीय विकास साझेदारका रूपमा रहेको