१२ श्रावण २०८३, मंगलबार | July 29, 2026

प्रेस चौतारीको पौष १२-१३ लुम्बिनीमा केन्द्रीय कमिटीको बैठक बस्दै, व्यवस्थापनका लागि सम्पर्क सचिवालय खोलियो



बुटवल । प्रेस चौतारी नेपालको लुम्बिनीमा हुने केन्द्रीय कमिटीको बैठकका लागि आइतबार समन्वय तथा सम्पर्क सचिवालय स्थापना भएको छ । रुपन्देहीको लुम्बिनीमा पौष १२ र १३ गते हुने केन्द्रीय कमिटी बैठकको व्यवस्थापनका लागि सम्पर्क सचिवालय स्थापना भएको हो । सम्पर्क सचिवालयको आईतबार एक कार्यक्रमका बीच चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले शुभारम्भ गरे ।

सचिवालयको शुभारम्भ गर्दै बस्नेतले बैठकलाई भब्य र सभ्य रुपमा सफल बनाउन सबै क्रियाशिल चौतारीका सदस्य पत्रकारहरुलाई आह्वान गरे । बैठक आयोजनाको तयारी बारेमा आतिथ्यशाखा प्रेस चौतारी रुपन्देही अध्यक्ष अमृत गिरी लगायतका पदाधिकारीसँग बस्नेतले जानकारी लिएका थिए । देशभरबाट उपस्थित हुने प्रतिनिधि तथा अतिथीहरुको व्यवस्थापनका लागि सचिवालयले तयारी अगाडी बढाएको चौतारीका वरिष्ठ उपाध्यक्ष माधव नेपालले जानकारी दिए ।

बैठकको एमाले प्रचार विभागमा नव नियुक्त प्रमुख पृथ्वी सुब्बा गुरुङले उदघाटन गर्ने कार्यक्रम तय भएको चातारी रुपन्देही अध्यक्ष अमृत गिरीले बताए । बैठकमा एमाले प्रचार उप प्रमुख विष्णु रिजालको पनि उपस्थिती रहने उनले बताए ।

केन्द्रीय कमिटी बैठकमा देशभरबाट केन्द्रीय कमिटी सदस्य तथा अतिथीहरुसहित ३ सय बढीको सहभागिता रहने प्रेस चौतारीका केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज प्रदिप आचार्यले बताए । बैठक सफल बनाउनका लागि प्रेस चौतारी रुपन्देहीशाखाको आतिथ्यता रहने चौतारीले जनाएको छ ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ६ : ३९ बजे

दुबईबाट स्वदेश फर्कदै गर्दा फरार प्रतिवादी विमानस्थलबाटै पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दुबईबाट स्वदेश फर्कदै

सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

सुनसरी घटना : शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा

कर्णाली प्रदेशको पाँचौ मुख्यमन्त्रीमा मंगल शाही नियुक्त

सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता

शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा