१२ श्रावण २०८३, मंगलबार | July 29, 2026

‘यौनिक, लैङ्गिक तथा अल्पङ्ख्यक समुदायका मुद्दाहरुलाई प्राथमिकतामा’



बुटवल । लुम्बिनी प्रदेशका आन्तारिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले प्रदेश सरकारले बनाउने निती तथा कार्यक्रममा यौनिक, लैङ्गिक तथा अल्पसंख्यक समुदायका मुद्दाहरुलाई प्राथमिकतामा राख्ने बताएका छन् ।

बुटवलमा मितिनी नेपालले गरेको कार्यक्रममा बोल्दै उनले यौनिक, लैङ्गिक तथा अल्पसंख्यक समुदायलाई लक्षित गरेर उनीहरुको सिप क्षमता वृद्धिका लागि आवश्यक बजेटसमेत विनियोजन गर्ने बताए । उनले अझै पनि यौनिक, लैङ्गिक तथा अल्पसंख्यक समुदायका व्यक्तिलाई समाजले हेर्ने दृष्टिकोणमा परिर्वतन नभएको भन्दै त्यस्ता समुदायका व्यक्तिहरुलाई समाजमा बुझाउन आवश्यक रहेको बताए । उनले यस्ता समुदायका विषयहरुलाई पाठ्यक्रममा विषय समावेश गराएर समाजलाई बुझाउनुपर्ने बताए ।

उनले लैङ्गिक, यौनिक तथा अल्पसंख्यक वर्ग कुनैशरीरिक तथा मानसिक समस्या नभई प्राकृतिक विषय भएकाले समाजले त्यस्ता समुदायका व्यक्तिलाई सहज रुपमा स्वीकार गर्नुपर्ने बताए । एमाले सांसद डा. कृष्ण न्यौपानेले महिला, दलित तथा पिछडिएको समुदायलाई जस्तै यौनिक, लैङ्गिक तथा अल्पसंख्यक समुदायलाई पनि आरक्षणको व्यवस्था सरकारले गर्नुपर्ने बताए । माओवादी केन्द्रका सांसद तुलाराम घर्तीले सामाजिक विकास र जनचेतनाका कार्यक्रम गर्दै गएमा यौनिक, लैङगिक तथा अल्पसंख्यक समुदायका व्यक्तिहरु प्रति समाजले हेर्ने दृष्टिकोणमा परिर्वतन गर्न सकिने बताए ।

सांसद माला गोतामले प्रशिक्षण र कानुनी परामर्शका साथै प्रदेश सरकारले पनि यौनिक, लैङ्गिक तथा अल्पसंख्यक समुदायका सवालहरुमा ध्यान दिनुपर्ने बताइन् । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै मितीनी नेपालको कार्यकारी निर्देशक सरिता केसीले विभेदकारी कानुन खारेज गर्नुपर्ने बताइन् । कार्यक्रम मितिनी नेपालकी अध्यक्ष लक्ष्मी घलानको अध्यक्षता तथा मितिनी नेपाल लुम्बिनी प्रदेश संयोजक सलिना चौधरीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ७ : ०३ बजे

दुबईबाट स्वदेश फर्कदै गर्दा फरार प्रतिवादी विमानस्थलबाटै पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दुबईबाट स्वदेश फर्कदै

सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

सुनसरी घटना : शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा

कर्णाली प्रदेशको पाँचौ मुख्यमन्त्रीमा मंगल शाही नियुक्त

सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता

शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा