२ पुस २०८२, बुधबार | December 17, 2025

एमाले सांसदको नाराबाजीकै बीच चार अध्यादेश स्वीकृत, पुस १८ गतेसम्म बैठक स्थगित



काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले सांसदले नाराबाजी गरिरहँदा प्रतिनिधिसभाले बुधबार चारवटा अध्यादेश स्वीकृत गरेको छ ।

बैठक सुरु हुनासाथ एमाले सांसदहरू रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरे । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुचारु हुने वातावरण बनाउन आग्रह गरे । तर, एमाले सांसदले नाराबाजी रोकेनन् ।

यसपछि सभामुख सापकोटाले कार्यसूचीमा प्रवेश गराएको बैठकले विभिन्न चारवटा अध्यादेशलाई स्वीकृत गरेको हो ।

बुधबारको बैठकले प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपेरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८ र रेल्वे अध्यादेश २०७८ लाई बहुमतले स्वीकृत गरेको हो ।

यसअघि उक्त चार अध्यादेशलाई अस्वीकार गरियोस् भन्ने सांसद प्रेम सुवालको प्रस्तावलाई बैठकले अस्वीकार गरेको थियो ।

प्रतिनिधिसभाको बैठक १८ पुससम्मका लागि स्थगित भएको छ । सभामुख सापकोटाले १८ पुस आइतबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरेको जानकारी दिए ।

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  २ : ४९ बजे

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल

प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेस सभापति देउवा डडेलधुराबाट सिफारिस

सुदूरपश्चिम । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आसन्न

राष्ट्रिय सभा निर्वाचन : सातै प्रदेशमा तोकियो मतदान स्थल र केन्द्र

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको लागि सात वटै

एमाले ११ औ महाधिवेशन : ८ बजे सकिँदै मतदान स्थल प्रवेशको समय

काठमाडौं । मतदानमा ढिलाई हुँदै गएका कारण नेकपा एमालेको ११