२३ असार २०८३, मंगलबार | July 7, 2026

माओवादी महाधिवेशनमा सुरक्षा व्यवस्था : पाँच सय प्रहरी परिचालन, यस्तो छ ट्राफिक व्यवस्थापन



काठमाडौं । नेकपा माओवादी केन्द्रको आजदेखि सुरु हुन लागेको प्रथम राष्ट्रिय सम्मेलन एवं आठौं महाधिवेशनलाई लक्षित गरी नेपाल प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।

उपत्यकाको सुरक्षा हेर्ने महानगरीय प्रहरी कार्यालय (मेट्रो) रानीपोखरीले शुक्रबारबाटै माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरक्षा बढाएको छ ।

कार्यक्रम स्थल प्रज्ञा प्रतिष्ठान क्षेत्रमा पनि उल्लेख्यमात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

मेट्रोका प्रहरी नायव महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीले माओवादीको सम्मेलनका लागि पाँच सयभन्दा बढी प्रहरी जनशक्ति परिचालन गरिएको जानकारी दिए । ‘दिनअनुसार परिचालन हुन्छ । प्रत्यक्षरुपमा खटिने जनशक्ति पाँच सय प्लस हुन्छ,’ उनले भने, ‘ पेरिसडाँडामा छुट्टै टोली खटिएको छ । आवश्यकताअनुसार थपिँदै जान्छ ।’

‘उद्घाटन सत्रमा आउने भीआईपीहरुदेखि लिएर कार्यक्रमस्थलको सुरक्षा व्यवस्था मिलाइएको छ । बन्दसत्रका लागि पनि मिलाइएको छ,’ डीआईजी सुवेदीले थपे, ‘यसबाहेक थप हुनसक्ने अप्रिय गतिविधिलाई मध्यनजर गर्दै जनशक्ति परिचालन गरिएको छ ।’

उनकाअनुसार सम्मेलनको सुरक्षाका लागि सीसीटिभी निगरानीदेखि कुकुर परिचालनसम्म गरिएको छ ।

माओवादी महाधिवेशनलाई लक्षित गरी महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट ट्राफिक व्यवस्थापन पनि मिलाएको छ । ‘मान्छे र गाडीको मुभमेन्ट हुने प्रज्ञा भवन, कमलादी वरिपरीको क्षेत्रमा थप ट्राफिक र ट्राफिकलाई सपार्ट गर्न सिभिल पुलिस पनि खटाएर व्यवस्थापन गरिएको छ,’ सुवेदीले भने ।

पार्किङस्थल प्रज्ञा प्रतिष्ठानको कम्पाउण्ड, पश्चिम एरियातिर पार्किङको व्यवस्था गरिएको छ । ‘धेरै भीडभाड नगर्ने र नेता कार्यकर्ता तथा केही पाहुनामात्र आउनेमात्र आउने भन्ने भएको हुनाले त्यति समस्या नहोला । यद्यपि मुभमेन्ट बढ्दै गए खुला मञ्चमा राख्छौं,’ उनले भने ।

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  ८ : ५५ बजे

सात प्रतिशत आर्थिक वृद्धिलाई भरथेग गर्ने लक्ष्यसहितको मौद्रिक नीति सार्वजनिक

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा राखेको सात प्रतिशतको आर्थिक

दैलेख दुर्घटना : कर्णालीमा बेपत्ता एक जनाको शव कैलालीमा भेटियो

कर्णाली । यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको

सडक सुरक्षाका लागि सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइने : मन्त्री लम्साल

काठमाडौं । सरकारले सवारी दुर्घटना न्यूनीकरण र सुरक्षित आवागमन सुनिश्चित

ठमेलमा बढे भारतीय पर्यटक, पोखराका होटलसमेत भरिभराउ

काठमाडौं । सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पछिल्लो समय

बुटवलबाट काठमाडौंतर्फ जादैं गरेको ईभी भ्यान र ट्रक ठोक्किँदा १० जना घाइते

नवलपरासी । नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका-४ तारेभिरस्थित पूर्व-पश्चिम राजमार्गमा ईभी