२३ असार २०८३, मंगलबार | July 7, 2026

माओवादी अधिवेशन उद्घाटनको समय सर्‍यो, दलका शीर्ष नेतालाई आमन्त्रण



काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन तथा आठौं महाधिवेशनको उद्घाटन सत्रको समय सरेको छ । १ बजे उदघाटन हुने भनिएको सम्मेलन ३ बजेलाई सरेको हो ।

स्थायी कमिटीबाट सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गरेको माओवादीको केन्द्रीय कमिटी बैठक यो निर्णयलाई अनुमोदन गर्न अहिले बसिरहेको छ ।

महाधिवेशनमा रुपान्तरण गरेसँगै माओवादीले उद्घाटन सत्रमा अन्य दलका नेतालाई पनि आमन्त्रण गरेको छ । सुरुमा पार्टीको विचार र नीतिमाथि छलफल गर्ने राष्ट्रिय सम्मेलन भएकाले कुनै पनि दललाई नबोलाउने भनेको माओवादीले शनिबार महाधिवेशनमा रुपान्तरण गरेर दलहरुलाई निम्तो पठाएको हो ।

प्रवक्ता कृष्णबहादुर महराकाअनुसार महाधिवेशनमा दलका शीर्ष नेतालाई आमन्त्रण गरिएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, जसपा, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेमकिपा, नेकपा माले, राप्रपालगायत दललाई निमन्त्रणा गरिएको छ ।

महाधिवेशनमा रुपान्तरणपछि आवश्यक तयारी गर्न उदघाटन सत्र दुई घण्टा पछाडि सरेको बताइएको छ ।

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  १० : ०८ बजे

सात प्रतिशत आर्थिक वृद्धिलाई भरथेग गर्ने लक्ष्यसहितको मौद्रिक नीति सार्वजनिक

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा राखेको सात प्रतिशतको आर्थिक

दैलेख दुर्घटना : कर्णालीमा बेपत्ता एक जनाको शव कैलालीमा भेटियो

कर्णाली । यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको

सडक सुरक्षाका लागि सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइने : मन्त्री लम्साल

काठमाडौं । सरकारले सवारी दुर्घटना न्यूनीकरण र सुरक्षित आवागमन सुनिश्चित

ठमेलमा बढे भारतीय पर्यटक, पोखराका होटलसमेत भरिभराउ

काठमाडौं । सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पछिल्लो समय

बुटवलबाट काठमाडौंतर्फ जादैं गरेको ईभी भ्यान र ट्रक ठोक्किँदा १० जना घाइते

नवलपरासी । नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका-४ तारेभिरस्थित पूर्व-पश्चिम राजमार्गमा ईभी