२३ असार २०८३, मंगलबार | July 7, 2026

माओवादी महाधिवेशन : आज समूहगत निश्कर्ष सुनाइँदै



काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन अन्तर्गत बन्दसत्रमा आज समूहगत निश्कर्ष सुनाइने भएको छ ।

प्रज्ञा भवनमा चलिरहेको माओवादीको महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका थिए । त्यसमा छलफल गर्न २५ वटा समूह बनाइएको थियो ।

मंगलबार बिहानदेखि विभिन्न समूहले छलफल गरेका छन् । केही समूहमा छलफलमा सकिएको छ भने केहीमा बाँकी छ ।

सबै समूहलाई आज दिउसो १२ बजेसम्म छलफल गर्ने समय दिइएको छ । त्यसपछि प्रत्यके समूहले प्रचण्डको प्रतिवेदनमाथि समूहमा भएको छलफलको निश्कर्ष सुनाउनेछन् ।

आजै १ बजेदेखि समूहगत निश्कर्ष सुनाउन थालिने माओवादीले जनाएको छ । समूहका नेताले निश्कर्ष सुनाउने कार्यतालिका रहेको माओवादी नेता हरिबोल गजुरेलले बताए ।

एउटा समूहलाई निश्कर्ष सुनाउन १५ मिनेट तोकिएको छ । त्यो समयमा छलफलको निश्कर्षसहित सुझाव राख्न सकिनेछ ।

त्यस्तै, बन्दसत्रमा माओवादी नेता राम कार्कीले फरक मतसहित प्रतिवेदन पेश गरेका छन् । त्यसमा पनि समूहका नेताले बोल्न सक्नेछन् ।

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  १२ : ५३ बजे

आयो नक्कली भुटानी शरणार्थी प्रकरणको फैसला, को को ठहरिए दोषी ?

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा १७ जनालाई दोषी ठहरिएका

विश्वकपमा स्विटजरल्याण्ड र कोलम्बिया दोस्रो पटक आमने-सामने हुँदै

काठमाडौं । फिफा विश्वकप २०२६ मा आज ‘राउन्ड अफ १६’

पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप

पोखरा । पोखरा–मुग्लिन सडक स्तरोन्नति आयोजना चौथोपटक म्याद थप गरिएको

सात प्रतिशत आर्थिक वृद्धिलाई भरथेग गर्ने लक्ष्यसहितको मौद्रिक नीति सार्वजनिक

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा राखेको सात प्रतिशतको आर्थिक

दैलेख दुर्घटना : कर्णालीमा बेपत्ता एक जनाको शव कैलालीमा भेटियो

कर्णाली । यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको