१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

माओवादी केन्द्रको बन्दसत्रको चौथो दिन के-के भयो ?



काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनअन्तर्गत प्रज्ञा भवन कमलादीमा बन्दसत्र जारी छ।

पुस ११ गतेदेखि राजधानीमा जारी आठौं राष्ट्रिय महाधिवेशनको चौथो दिन बुधबार बन्दसत्रमा अपरान्ह १ बजे अध्यक्ष मण्डलका सदस्य गिरिराजमणि पोखरेलले बन्दसत्रका कार्यक्रम अगाडि बढाएका थिए ।

बन्दसत्रको पहिलो दिन सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट प्रस्तुत २१ औं शताब्दीमा समाजवादको नेपाली बाटो शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज र स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङबाट प्रस्तुत विधान मस्यौदामाथि भएको समूहगत छलफलको निष्कर्ष प्रस्तुति बुधबार अपरान्ह सवा १ बजेबाट सुरु भएको थियो । राजनीति दस्तावेज र विधान मस्यौदामाथि छलफल गर्न प्रतिनिधिहरूलाई २५ वटा समूहमा विभाजित गरेर मंगलबार बिहानदेखि बुधबार बिहान १२ सम्मको समय छुट्याइएको थियो ।

समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने क्रममा सल्लाहकार समूहको तर्फबाट रामनारायण बिडारी, प्रदेश २ बाट सत्यनारायण भगत, आयोगको तर्फबाट टंक राई, गण्डकी प्रदेशबाट गायत्री गुरुङ, प्रदेश १ बाट अजम्बर काम्वाङ राई र हर्कबहादुर नेम्बाङ, प्रवास समन्वय समितिबाट मनऋषि धिताल, बागमती प्रदेशबाट सरल सहयात्री, केन्द्रीय विभागबाट गीता पनेरु, सुदूरपश्चिम प्रदेशबाट मिनबहादुर कँवर र कर्णाली प्रदेशबाट विमला केसीले समूहको निष्कर्ष प्रस्तुत गरेका थिए ।

आठौं राष्ट्रिय महाधिवेशनको पाँचौं दिन पुस १५ गते बिहीबार बिहान ११ बजेदेखि बन्दसत्र सुचारु हुनेछ । बाँकी रहेका समूहले बन्द सत्रमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्नेछन् । त्यसपछि माओवादी नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रियामा जाने माओवादीको प्रचार तथा प्रकाशन उपसमितिले जनाउको छ ।

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  ६ : २४ बजे

बालाजु बाइसधारा मेला सुरु

काठमाडौं । बालाजुमा प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन लाग्ने

शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

भक्तपुर । यो वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई० परीक्षाको आजदेखि

सदनमा जवाफदेहीपूर्ण र परिपक्व रूपमा प्रस्तुत हुनेछौँ : प्रतिपक्षी

काठमाडौं । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रतिपक्षी दलका सांसदहरूले जनताले सुम्पिएका

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

मोलुका । इन्डोनेसियाको मोलुका टापु आसपास बिहीबार बिहान ७.४ म्याग्निच्युडको

आज विश्व अटिजम सचेतना दिवस

काठमाडौं । आज विश्व अटिजम सचेतना दिवस हो । यो