१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

गठबन्धनका नेताहरूबीच दुई मिनेट सँगै बस्ने अवस्था छैन : सुवास नेम्वाङ



इलाम । नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलको नेता सुवास नेम्वाङले सत्तापक्षको गठबन्धन दुई मिनेट पनि सँगै बस्ने अवस्थामा नभएको बताएका छन् । एमाले बलियो भएकाले विरोधीहरू एक ठाउँमा उभिएको उनको भनाई छ ।

इलाममा नेकपा एमालेको १०औं जिल्ला अधिवेशनको उद्घाटन गर्दै नेम्वाङले एमालेलाई हेरेर मात्रै गठबन्धन एक ठाउँमा रहेको टिप्पणी गरे । गठबन्धन एमालेलाई सिद्ध्याउन लागेको भन्दै नेम्वाङले भने,‘निषेधको राजनीति गर्नु हुँदैन । राजनीतिमा बदलाको भाव राख्नुहुँदैन ।’

नेता नेम्वाङले सत्तापक्षले प्रतिपक्षी विहीनताको कल्पना गरेको आरोप लगाएका छन् । ‘सत्तापक्षका नेताहरूले प्रतिपक्षीलाई यो ढंगले आलोचना गरेको अन्त कतै देख्नु भएको छ रु प्रतिनिधिसभामा रहेका एमालेको सांसदले हिँडे हुन्छ भन्नु हुन्छ । यो कस्तो भनाई हो रु’, नेम्वाङले थपे, यो कस्तो खालको सोचाई हो रु कस्तो तरिका हो रु सत्तापक्ष प्रतिपक्ष विहीनताको कल्पना गर्दै हुनुहुन्छ ।’

अहिलेको सरकारले एउटा पनि सुल्टो काम नगरेको नेम्वाङले बताएका छन् । ‘सरकारले एउटा पनि सुल्टो काम गरेको छैन, पहिलेको सरकारले गरेको काम उल्टाउने बाहेक अरू केही गरेको छैन’, नेम्वाङले थपे,‘अदालत काम गर्न नसक्ने अवस्थामा छ, संसद्ले सिन्को पनि भाँच्न सकेको छैन, राज्यका तीनै अङ्ग काम गर्न नसक्ने अवस्थामा छन् ।’ ओली सरकारले प्रतिगमन गरेको र त्यसलाई सच्याएको दाबी गर्ने दलहरूले मुलुकलाई अहिलेको अवस्थामा पुर्‍याएको नेम्वाङको आरोप छ ।

उनले नेपालजस्तो मिश्रित प्रणाली अपनाएको मुलुकमा गठबन्धन अचम्मको कुरा नभएको भन्दै नेम्वाङले अहिलेको गठबन्धनलाई दूषित गठबन्धन भएको टिप्पणी गरे । ‘गठबन्धन एउटा मान्यतामा आधारित हुन्छ, अहिले गठबन्धनमा भएका साथीहरू चुनावमा कहाँ कहाँ उभिनु भएको थियो रु, विपक्षी ध्रुवमा उभिएकाहरूको यो गठबन्धन दूषित गठबन्धन हो ।’

नेकपा एमालेका नेता नेम्वाङले अहिले सबैको दृष्टि एमालेमा रहेकाले एमालेलेका नेता कार्यकर्ता विनम्र र जिम्मेवार बन्न उनले कार्यकर्तालाई निर्देशन दिए र चुनावी तयारीमा जुट्न आग्रह गरे । दशौँ जिल्ला अधिवेशनमा एमालेका केन्द्रीय सदस्य राम राना, तारा गुरुङ, अगम वान्तता लगायतले बोलेका थिए । उद्घाटन सत्रमा पार्टीमा योगदान गर्ने ४५ जनालाई सम्मान गरिएको थियो । दुई दिनसम्म चल्ने अधिवेशनले पाँच पदाधिकारी सहित १०५ सदस्यीय जिल्ला कमिटी चयन गर्ने छ । अधिवेशनमा ६०८ जना प्रतिनिधि सहभागी छन् ।

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  ६ : २५ बजे

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता

वाशिङटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सक्दो सहयोग

गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपास्थित गोसाइँस्थान, महत्त्वपूर्ण धार्मिकस्थल रसुवाको गोसाइँकुण्ड-तिर्थाटनसँग जोडिएको

भोटेकोशी बाढी : सुनसरीका १५ जना सम्पर्कविहीन

सुनसरी । रसुवा तथा आसपासका क्षेत्रमा रोजगारी, व्यापार तथा कामका

पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो

कास्की । त्रिशूली तथा नारायणी नदी किनारमा भेटिएका १०२ शव

आज जनैपूर्णिमा पर्व मनाइँदै

काठमाडौं । देशभर नव यज्ञोपवीत (जनै) एवं रक्षाबन्धन धारण गरेर