१८ फाल्गुन २०८२, सोमबार | March 2, 2026

फिफा वर्ष खेलाडीमा मेसी, लेवान्डोस्की र सलाह



काठमाडौं । विश्व फुटबल महासंघ (फिफा) ले प्रदान गर्ने वर्ष उत्कृष्ट खेलाडीको सर्ट लिस्ट सार्वजनिक गरेको छ ।

शुक्रबार फिफाले पुरुष वर्ष खेलाडीका लागि मनोनित अन्तिम तीन खेलाडीमा पिएसजी स्टार लियोनल मेसी (अर्जेन्टिना), बार्यन म्युनिख स्टार रोबर्टो लेवान्डोस्की (पोल्यान्ड) र लिभरपुल स्टार मोहम्मद सलाह (इजिप्ट) छन् ।

यस्तै, महिलातर्फ वर्ष खेलाडीमा चेल्सीकी साम केर (अस्ट्रेलिया)‚ बार्सिलोनाकी जेनिफर हेर्मोसो (स्पेन) र बार्सिलोनाकै एलेक्सिया पुटेलास (स्पेन) अन्तिम तीन मा परेका छन् ।

अन्तर्राष्ट्रिय प्रशिक्षक, कप्तान तथा अन्तर्राष्ट्रिय टिम र पत्रकार तथा समर्थकको मतका आधारमा यो सूची बनाइएको हो। फिफाले विजेताको नाम १७ जनवरीमा ज्युरिचमा घोषणा गर्नेछ ।

वर्ष पुरुष प्रशिक्षकः

पेप ग्वार्डीवाला (स्पेन/म्यानचेस्टर सिटी)

रोबर्टो मान्सिनी (इटाली)

थोमस टुचेल (जर्मनी/चेल्सी)

वर्ष उत्कृष्ट महिला प्रशिक्षकः

लुइस कोर्टेस (स्पेन/बार्सिलोना)

एम्मा हाएस (इंग्ल्यान्ड/चेल्सी)

सरिना विग्मान (नेदरल्यान्ड/डच)

वर्ष उत्कृष्ट गोलरक्षक पुरुष:

म्यानुएल नुएर (जर्मनी/वार्यन म्युनिख)

इडुवार्ड मेन्डी (सेनेगल/चेल्सी)

जियानलुगी डोनारुम्मा (इटाली/एसी मिलान/पिएसजी)

वर्ष उत्कृष्ट गोरक्षक महिला:

अन्ना कट्रिन बर्गर (जर्मनी/चेल्सी)

क्रिश्टिनी एन्डलर (चिली/पिएसजी/लियोन)

स्टेफिन लबि (क्यानडा/रोसेनगार्ड/पिएसजी)

फिफा पुस्का, स अवार्ड (वर्ष उत्कृष्ट गोल):

एरिक लामेला, टोटेनह्याम

प्याट्रिक सिच, चेक रिपब्लिक

मेहदी तारेमी, पोर्टो

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  ९ : ४४ बजे

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि

होलीको शुभकामना दिँदै प्रचण्डले भने-‘हाम्रो एक मतले देश जोगिन्छ, भविष्यको बाटो तय गर्छ’

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक

निष्पक्ष निर्वाचनका लागि सम्यक सञ्चार

काठमाडौँ । विकसित देशहरुमा मतदाताले आफ्ना उम्मेदवारहरुसँग प्रायः सञ्चारमाध्यम (मिडिया)

भक्तपुर-२ का एमाले नेताकार्यकर्ता नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

काठमाडौं । भक्तपुर क्षेत्र नं. २ अन्तर्गत विभिन्न स्थानीय तहका

भक्तपुरमा यसरी मनाइँदै छ फागुपर्व

भक्तपुर । वसन्त ऋतुको आगमनसँगै रङहरुको पर्वको रुपमा मनाइने फागुपर्व