१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

माओवादी अध्यक्ष प्रचण्डसहित कैयौं नेताहरुलाई कोरोना संक्रमण



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना संक्रमण भएको छ ।

अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठसहित कैयौं माओवादी नेताहरुलाई कोरोना संक्रमण भएपछि माओवादीको केन्द्रीय कार्यालय समेत बन्द भएको छ ।

स्वास्थ्य अवस्थामा केही दिनदेखि असहजता महशुस गरेपछि प्रचण्डले शुक्रबार साँझ पीसीआर परीक्षण गरेका थिए । शनिबार आएको रिपोर्ट अनुसार उनलाई कोरोना संक्रमण पुष्टि भएको उनको निजी सचिवालयले जनाएको छ ।

प्रचण्डको अवस्था सामान्य रहेको छ । उनी निजी निवासमै आराम गरिरहेका छन् भने सम्पूर्ण भेटघाट एवं पूर्व निर्धारित कार्यक्रमहरु स्थगित गरिएको सचिवालयले जनाएको छ । प्रचण्डको सचिवालयले यस बीचमा सम्पर्कमा आएकाहरुलाई सतर्कता अपनाउन समेत अनुरोध गरेको छ ।

आठौं महाधिवेशनमा सहभागी भएका धेरै नेता कार्यकर्ताहरु यतिबेला कोरोना संक्रमण भएको भन्दै सामाजिक सञ्जालमार्फत आफसँग सम्पर्कमा आएकाहरुलाई सतर्क रहन आग्रह गरिरहेका छन् । नेता नारायणकाजी श्रेष्ठले पनि आफुलाई कोरोना संक्रमण भएको भन्दै आइसोलेसनमा बसेको जनाएका छन् ।

कोरोना संक्रमणकै कारण पुस २५ गते बस्ने भनिएको माओवादी केन्द्रीय समितिको बैठक समेत स्थगित भएको छ ।

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  १० : ४१ बजे

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता

वाशिङटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सक्दो सहयोग

गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपास्थित गोसाइँस्थान, महत्त्वपूर्ण धार्मिकस्थल रसुवाको गोसाइँकुण्ड-तिर्थाटनसँग जोडिएको

भोटेकोशी बाढी : सुनसरीका १५ जना सम्पर्कविहीन

सुनसरी । रसुवा तथा आसपासका क्षेत्रमा रोजगारी, व्यापार तथा कामका

पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो

कास्की । त्रिशूली तथा नारायणी नदी किनारमा भेटिएका १०२ शव

आज जनैपूर्णिमा पर्व मनाइँदै

काठमाडौं । देशभर नव यज्ञोपवीत (जनै) एवं रक्षाबन्धन धारण गरेर