२९ आश्विन २०८३, बिहिबार | October 15, 2026

विश्व इतिहासमा आजः दुई लाख मानिसको मृत्यु भएको हेईटीको त्यो विनाशकारी भूकम्प



काठमाडौं । आज १२ जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः

हेईटीको विनाशकारी भूकम्प

सन् २०१० मा हेईटीमा विनाशकारी भूकम्प गएको थियो । ७ दशमलव म्याग्निच्युडको सो भूकम्पका कारण राजधानी पोर्ट अउ प्रिन्स ध्वस्त भएको थियो । भूकम्पका कारण दुई लाख जनाको मृत्यु हुनुका साथै १० लाख मानिस विस्थापित भएका थिए । भूकम्पपछि भत्किएका संरचना निर्माणका लागि हेईटीले दातृ राष्ट्रलाई करोडौं डलर सहयोग गरेका थिए ।

इराकविरुद्ध अमेरिकी युद्ध

सन् १९९१ मा इराकविरुद्ध युद्ध गर्ने विषयमा अमेरिकामा बहमुत सदस्यले मतदान गरेका थिए । कुवेतबाट इराकी सेनलाई खेद्न र सैन्य फौज तैनाथ गर्न तत्कालिन राष्ट्रपति जर्ज डब्लू बुसलाई संसदले विशेष अधिकार दिइएको थियो ।

इफेल टावरबाट रेडियो प्रसारण

आजकै दिन अर्थात सन् १९०८ को १२ जनवरीमा पेरिसको इफेल टावरबाट पहिलो पटक लामो दूरीको रेडियो सन्देश प्रसारण भएको थियो । वैज्ञानिक ली डी फरेस्टले गरेको सो प्रसारणलाई ५० भन्दाबढी श्रोताले सुनेका थिए ।

जेफ बेजोसको जन्मदिन

विद्युतीय कारोवार गर्ने प्रसिद्ध कम्पनी अमेजन डटकमका मालिक, अमेरिकी उद्यमी तथा विश्वकै धनाढ्य जेफ बेजोसको जन्म पनि आज अर्थात सन् १९६४ को १२ जनवरीमा परेको छ ।

प्रकाशित मिति : २८ पुस २०७८, बुधबार  ७ : १५ बजे

बाँके जिल्ला स्तरिय फुटबल प्रतियोगिता : ब्रोदर्स र अप्सरा विजयी

नेपालगन्ज । बाँकेको खजुरामा जारी जिल्ला स्तरिय फुटबल प्रतियोगितामा बुधबार

सांसद खगेन्द्र सुनारले गरे अडियो प्रकरणमा जोडिएकी महिलाको बचाउ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले हालै

‘अव्यवस्थित पार्किङ, जिर्ण सडक र अस्वस्थ प्रतिस्पर्धाका कारण सवारी दुर्घटना बढ्यो’

नेपालगन्ज । अनुशासीत र मर्यादित भएर यातायात ब्यवसाय गर्न सके

लोककल्याणकारी विज्ञापनमा ठूलो बेरुजु : सांसद थारु

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य ठाकुर सिंह थारुले लोककल्याणकारी विज्ञापनमा ठूलो

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका