१० चैत्र २०८२, मंगलबार | March 24, 2026

तिलोत्तमाले तयार ग¥यो आइसोलेसन सेन्टर



तिलोत्तमा । मुलुकमा कोरोना संक्रमितको संख्या बढिरहँदा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आफ्नै सक्रियतामा आइसोलेसन सेन्टर निर्माण गरेको छ ।

कोरोना संक्रमणको पूर्वतयारी अन्तर्गत् तिलोत्तमाले शंकरनगर स्वास्थ्य चौकीमा आइसोलेसन सेन्टर निर्माण गरेको हो । नियमित प्रवाह हुँदै आएको सेवालाई वडा नं. २ को कार्यालयमा स्थान्तरण गरी स्वास्थ्य चौकीलाई आइसोलेसन सेन्टरको रुपमा तयार गरिएको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिनुभयो । आइसोलेसन सेन्टरको लागि एक जना चिकित्सक र एक जना नर्स नियुक्त गरिएको छ ।

बुटवल कोरोना अस्पतालका चिकित्सक तथा प्राविधिकको निगरानी र परामर्शको आधारमा आइसोलेसन सेन्टर निर्माण गरिएको स्वास्थ्य चौकी ईञ्चार्ज केशव भट्टराईले बताउनुभयो । दश बेडको आइसोलेसन सेन्टरमा नेपाल सरकारले तोकेको एक तहको कोरोना अस्पतालको सम्पूर्ण सुविधा रहेको उहाँले बताउनुभयो ।

तत्काल दश बेड तयार गरिए पनि आवश्यकताको आधारमा थप दश बेड विस्तार गर्न सकिने उहाँले जानकारी दिनुभयो । सेन्टरमा आइसियु र भेन्डिलेटरको सुविधा नचाहिने कोरोनाका बिरामी तथा कोरोना सम्भावित सबै प्रकारका बिरामीको उपचार गर्न सकिने छ ।
सेन्टरमा बिरामीको २४ सैं घण्टा सेवा दिनेगरी स्वास्थ्यकर्मीहरुको व्यवस्थापन हुने चिकित्सक संजोग पाठकले जानकारी दिनुभयो । तिलोत्तमा नगरपालिकाले आफ्नै स्रोतमा दुई जना चिकित्सक तथा एक जना स्टाफ नर्स नियुक्त गरेको छ भने दश वटा स्वास्थ्य संस्थामा झण्डै ८० जना कर्मचारीहरु कार्यरत छन् । बुटवल कोरोना अस्पतालले पठाएका जुन कुनै ठाउँका बिरामीहरुलाई सेन्टरमा राखेर उपचार गरिने डा. पाठकले बताउनुभयो । उहाँका अनुसार सेन्टरमा लुम्बिनी प्रादेशिक अस्पतालका मेसु, मेट्रोन, कोरोना फोकल पर्सन डा. सुदर्शन थापाको सल्लाह-सुझावको आधारमा काम भैरहेको छ ।

नगर प्रमुख बासुदेव घिमिरेले कोरोना महामारीको अन्त्य भैसकेपछि स्वास्थ्य चौकीलाई अस्पतालको रुपमा विकाश गरेर लैजाने गरी तयारी भैरहेको जानकारी दिनुभयो । उहाँका अनुसार अहिले थप गरिएका मेडिकल उपकरण तथा भौतिक पूर्वाधारले अस्पताल सञ्चालनमा सहजता ल्याउने छ ।

तिलोत्तमा नगरपालिकाले कोरोना संक्रमण पूर्वतयारी अन्र्तगत् शंकरनगरमैं क्वारेन्टाइन सञ्चालन गरिरहेको छ । हालसम्म क्वारेन्टाइनबाट ९९ जनाले सेवा लिएको स्वास्थ्य शाखाले जनाएको छ ।

तिलोत्तमा नगरपालिकाले कोरोनाको कारण गरिएको लकडाउनबाट प्रभावित विपन्न वर्गको लागि तेस्रो चरणको राहत वितरण गरिसकेको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  ११ : १७ बजे

डाँडाखेत-राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणद्वारा यहाँ निर्माणाधीन १३२ केभी क्षमताको

पर्वतमा ‘बोलेरो जीप’ दुर्घटनामा चालकको मृत्यु

पर्वत । कालीगण्डकी लोकमार्ग अन्तर्गत फलेवास नगरपालिका-४ मुडिकुवास्थित कुश्मा-फलेवास सडकस्थित

मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै

महोत्तरी । महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई

कांग्रेस केन्द्रीय समितिको बैठक आज, १५ औँ महाधिवेशनबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।

विश्व क्षयरोग दिवस : जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौं । ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौँ : राष्ट्रिय