१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

लुम्बिनी आयुर्वेदिक चिकित्सालयद्रारा क्वारेन्टाईनमा रहेकाहरुलाई निशुल्क औषधि वितरण



बुटवल । बुटवलको लुम्बिनी आयुर्वेदिक चिकित्सालयले क्वारेन्टाईनमा रहेकाहरुलाई निशुल्क औषधि वितरण एवं योग साधना गराउने कार्य तिब्र पारेको छ ।

सामाजिक विकास मन्त्रालय प्रदेश नंं ५ को निर्देशिका अनुसार चिकित्सालयले रुपन्देहीका १६ वटै स्थानिय तहमा निशुल्क औषधि वितरण र योगा साधना गराउने कार्य तिब्र पारेको हो । चिकित्सालयका बरिष्ठ कविराज निरिक्षक गणेश सापकोटाको संयोजकत्वमा अहिले औषधि वितरण र योगा साधना भइहेको छ ।

क्वारेन्टाईनमा रहेका नागरिकहरुलाई रोग प्रतिरोधात्मक शक्ति बृद्धि गर्ने र स्वच्छ मानसिक स्वास्थ्यको विकासका लागि चिकित्सालयले योगा र ध्यानको कार्यक्रम गरिरहेको कार्यक्रम संयोजक गणेश सापकोटाले जानकारी दिनुभयो । मायादेवी, सिद्धार्थनगर नगरपालिका, कोटईमाई, देवदह नगरपालिकामा निशुल्क औषधि र योगा साधना गरेको चिकित्सालयले शुक्रबार तिलोत्तमा नगरपालिकाले निर्माण गरेको दुर्गादत्त स्थित क्वारेन्टाईनमा पनि निशुल्क औषधि र योगा साधना गराएको छ ।

तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरे, तिलोत्तमा आयुर्वेदिक औषधालयका कार्यालय प्रमुख प्रकाश ज्ञवाली, क्वारेन्टाईन ईन्चार्ज रामेश्वर ढकालको समन्वयमा क्वारेन्टाईनमा रहेकाहरुलाई योगा साधना र औषधि वितरण गरिएको थियो । क्वारेन्टाईनमा रहेकाहरुलाई चिकित्सालयका योग प्रशिक्षक एवं बैध विष्णुहरी आचार्यले प्रशिक्षण दिनुभएको थियो । हास्यव्यग, नृत्य, गायन, योगा क्वारेन्टाईनमा रहेका नागरिक संगै चिकित्सक, सुरक्षाकर्मी र सहयोगहरु सवैलाई गराइएको थियो । चिकित्सालयले गुडुची चुड, जेष्ठ नागरिकहरुलाई अस्वगन्धा चुड र सुत्केरी महिलालाई सतावरी ग्रेनुयल्स वितरण गरेको थियो । चिकित्सालयले बाँकी स्थानिय तहमा पनि निशुल्क औषधि र योगा साधना गराउने बताइएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  ३ : १९ बजे

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो