६ श्रावण २०८३, बुधबार | July 22, 2026

१ नं. प्रदेशमा कोरोना संक्रमित सबैभन्दा धेरै



काठमाडौं । नेपालमा कोरोना संक्रमण देखिएका १ सय ९ जनामध्ये सबैभन्दा बढी प्रदेश नम्बर १ मा रहेका छन् ।

शनिबारसम्म संक्रमितको संख्या १ सय ९ पुग्दा प्रदेश नम्बर १ मा ३४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रदेश नम्बर २ मा ३१ र प्रदेश नम्बर ५ मा ३० जनामा संक्रमण देखिएको छ ।

बागमती प्रदेशमा ७, सुदूरपश्चिम प्रदेशमा ५ र गण्डकी प्रदेशमा २ जनामा संक्रमण देखिएको छ । अहिलेसम्म ३१ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो । हिजोमात्रै कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत महिला ३५ दिनपछि डिस्चार्ज भएकी छन् । प्रदेश नम्बर १ र प्रदेश नम्बर ५ का बढी प्रभावित जिल्लाहरुमा नमुना संकलन कार्य सरकारले तिव्र पारेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ७ सय ४१ वटा परीक्षण भएका छन् । अहिलेसम्म पिसिआर विधिबाट १६ हजार ३ सय ९ र आरडिटी विधिबाट ५५ हजार ९ सय ३० जनाको कोरोना परीक्षण भएको छ ।

प्रदेश नम्बर १ मा ७ हजार ५५, प्रदेश नम्बर २ मा ५ हजार ८ सय ९० र बागमती प्रदेशमा मा ९ हजार १ सय ५ जनाको आरडिटी परीक्षण भएको छ । यस्तै गण्डकी प्रदेशमा ६ हजार ३ सय ७७, प्रदेश नम्बर ५ मा ६ हजार ६ सय ३८, कर्णाली प्रदेशमा ६ हजार १ सय ७४ र सूदुरपश्चिममा १४ हजार ६ सय ९१ आरडिटी परीक्षण भएको प्रवक्ता देवकोटाले बताउनुभयो ।

अहिले देशभरी विभिन्न अस्पतालमा आइसोलेसनमा१ सय ४३ जना उपचाररत रहेका छन् । उपत्यकामा २ र बाहिर १ सय ४१ जना संकास्पद विरामी उपचाररत रहेको उहाँले बताउनुभयो । देशका विभिन्न स्थानमा स्थापना भएका क्वारेन्टाइनमा १४ हजार ५ सय ९२ जना रहेका छन् ।

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  ४ : ५६ बजे

पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, जलवायु सचेतनासँगै मानवीय सहयोग कोष घोषणा

काठमाडौं । नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसका

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको