२८ आश्विन २०८३, बुधबार | October 14, 2026

नेपालले भारतलाई भन्यो – महाकाली पूर्वको भूभाग नेपालको हो, सडक विस्तार कार्य रोक



काठमाडौं । नेपाली भूमिमा भैरहेको एकपक्षीय सडक निर्माण र विस्तार रोक्न सरकराले भारतलाई आग्रह गरेको छ ।

दार्चुलाको लिपुलेक क्षेत्रमा सडक विस्तारबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तराखण्डमा पुगेर भाषणा गरेपछि नेपालभित्र व्यापक विरोध भएपनि सरकार अहिलेसम्म चुप बसेको थियो । तर, आइतबार सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारको आधिकारिक धारणा सार्वजनिक गर्दै एकपक्षीय निर्माण रोक्न भारतलाई आग्रह गरेका छन् ।

कार्कीले महाकाली नदीपूर्वको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको अभिन्न भूभाग भएको स्पष्ट पारेका छन् ।

‘महाकाली नदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूभाग हुन्’, मन्त्री कार्कीले भने, ‘त्यहाँ कुनै पनि किसिमका एक पक्षीय पूर्वाधार रोक्न नेपाल सरकारले भारत सकारलाई आग्रह गर्दै आएको छ।’

कार्कीले नेपाल र भारतबीचको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धको मर्म र भावना अुनसार दुई देशबीचको सीमा समस्याको समाधान ऐतिहासिक तथ्य, प्रमाण र सम्झौताका आधारमा गर्न नेपाल सरकार प्रतिवद्ध रहेको बताए ।

भारतका प्रधानमन्त्री मोदीले गत पुस १७ गते लिपुलेकमा बनिरहेको सडकलाई विस्तार गरिने बताएका थिए । त्यसपछि नेपालमा उनको अभिव्यक्तिलाई लिएर विरोध भएको थियो । भारतले बारम्बार नेपाली भूमि अतिक्रमण गर्दा पनि चुप बसेको भन्दै सवत्र्र आलोचना भएपछि सरकारले बल्ल प्रतिक्रिया जनाएको हो ।

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  ४ : १९ बजे

बाँके जिल्ला स्तरिय फुटबल प्रतियोगिता : ब्रोदर्स र अप्सरा विजयी

नेपालगन्ज । बाँकेको खजुरामा जारी जिल्ला स्तरिय फुटबल प्रतियोगितामा बुधबार

सांसद खगेन्द्र सुनारले गरे अडियो प्रकरणमा जोडिएकी महिलाको बचाउ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले हालै

‘अव्यवस्थित पार्किङ, जिर्ण सडक र अस्वस्थ प्रतिस्पर्धाका कारण सवारी दुर्घटना बढ्यो’

नेपालगन्ज । अनुशासीत र मर्यादित भएर यातायात ब्यवसाय गर्न सके

लोककल्याणकारी विज्ञापनमा ठूलो बेरुजु : सांसद थारु

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य ठाकुर सिंह थारुले लोककल्याणकारी विज्ञापनमा ठूलो

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका