२० बैशाख २०८१, बिहिबार | May 2, 2024

प्रधानमन्त्री देउवाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै, स्थानीय तह निर्वाचनबारे छलफल हुने



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा शनिबार बिहानै सर्वदलीय बैठक बस्दैछ । स्थानीय तहको निर्वाचनको विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले शुक्रबार साँझ आज बिहान ९ बजेका लागि सर्वदलीय बैठक बोलाएका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा सत्ता गठबन्धन, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सहित संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाइएको छ ।

शुक्रबार उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकपछि स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले सार्वदलीय बैठक बोलाउनुअघि सत्ता गठबन्धनसँगै काँग्रेसका शीर्ष नेतासँग छलफल गरेका थिए ।

सुरुमा स्थानीय तहको निर्वाचन गर्ने विषयमा आफू प्रतिवद्ध रहेको बताउँदै देउवाले महामारीको समयमा निर्वाचन कसरी गर्ने भन्ने विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ८ : ४४ बजे

वेस्ट इन्डिज ‘ए’ विरुद्ध फिल्डिङमा नेपाल

काठमाडौं । वेस्ट इन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज

सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई

अव पहुँचका आधारमा कसैलाई माफी मिनाहा हुँदैन : गृहमन्त्री लामिछाने

नेपालगन्ज । गृहमन्त्री रबी लामिछानेले पहुँचका आधारमा कसैलाई माफी मिनाहा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

काठमाडौं । बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा

सूचना-प्रविधि क्षेत्रको विस्तारका निम्ति नवप्रवर्तन कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सूचना-प्रविधि क्षेत्रको विस्तारका