१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

देउवा एकलौटी रुपमा अघि बढ्न खोजेको शेखर कोइराला समूहको निष्कर्ष



काठमाडौं । सभापति शेरबहादुर देउवाले पार्टीमा एकलौटी गर्न खोजेको भन्दै शेखर कोइराला पक्षले असन्तुष्टि पोखेको छ ।

उक्त पक्षको आज बसेको भर्चुअल बैठकमा सभापति देउवाले स्थानीय तहको निर्वाचनको मितिका विषयमा पार्टी भित्र छलफल नगरि मनोमानी रुपमा अघि बढ्न खोजेको भन्दै असन्तुष्टि व्यक्त गरिएको हो ।

भर्चुअल बैठकमा राष्ट्रिय राजनीतिमा कांग्रसलाई समेत असर गर्ने स्थानीय तहको निर्वाचनका बारेमा गठबन्धनमा निर्णयमा पुग्नुअघि सभापति देउवाले पार्टीमा छलफल नगरेको भन्दै उनीहरुले असन्तुष्टि व्यक्त गरेका हुन् ।

‘निर्वाचन जस्तो विषयमा सभापतिले पार्टीमा छलफल नै नगरि गठबन्धनका नेताहरुसँग छलफल गरेर निर्णयमा पुग्ने काम भएको छ,’ भर्चुअल बैठकमा सहभागी एक नेताले भने, ‘यसले गर्दा स्थानीय तह निर्वाचनबारे पार्टीको आधिकारिक लाइन के हो भन्ने समस्या परेको छ ।’

कोइराला पक्षको बैठकमा तीनै तहको निर्वाचनमा कांग्रेस एक्लै चुनावी मैदानमा उत्रिनु पर्नेबारे छलफल भएको थियो ।

गठबन्धनको आवश्यकता यसअघि प्रतिगमन विरुद्धमा रहेपनि नयाँ जनादेशमा जानका लागि नभएकोबारे छलफल भएको नेताहरुले बताएका छन् ।

सभापति देउवाले पार्टी भित्रको ४० प्रतिशत मतको वेवास्ता गरेको भन्दै आलोचना भएको थियो ।

बैठकमा शेखर कोइरालासहित महामन्त्री गगन थापा, नेताहरु डा। मिनेन्द्र रिजाल, चन्द्र भण्डारी, अर्जुननरसिंह केसी, डा। रामशरण महतलगायतका नेताको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  ७ : १६ बजे

बुटवलमा ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य परीक्षण अभियान सुरु

बुटवल । बुटवल उपमहानगरपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी लिन

सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित

बेनी । सीमा निर्धारण नहुँदा भारत र चीन जोड्ने कालीगण्डकी

पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी सवारीसाधन फिर्ता

काठमाडौं । सरकारले राज्यको सीमित स्रोत र साधनमाथि वर्षौँदेखि हुँदै

अध्यादेशमार्फत शासन चलाउन खोजिएको भन्दै कांग्रेसको आपत्ति, ‘शक्ति केन्द्रीकरणको खतरनाक संकेत’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् स्थगित गरेर

बाँकेको नरैनापुरमा आगलागी, १५ घर/गोठ जले

नेपालगन्ज । बाँकेको नरैनापुरमा भीषण आगलागी भएको छ । नरैनापुर